प्रस्तुती दिँदादिँदै मन्चमा ढलेका उनको ज्यान गयो, दर्शकले अभिनय भन्दै ताली बजाइरहे… « Khabarhub

प्रस्तुती दिँदादिँदै मन्चमा ढलेका उनको ज्यान गयो, दर्शकले अभिनय भन्दै ताली बजाइरहे…


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अबुधावीमा जन्मिएका भारतीय मूलका एक स्ट्यान्डअफ कमेडियनले आफ्नो अन्तिम श्वास प्रस्तुती दिँदा दिँदै फेरेका छन् ।

दुवाइको एक मन्चमा प्रस्तुति दिंइरहँदा ३६ वर्षीय मन्जुनाथ नायडुको अपत्यारिलो तबरले ज्यान गयो । उनले शोमा स्ट्यान्डअप कमेडी गरिरहेका थिए, दर्शक खचाखच भरिएका थिए ।

त्यसै क्रममा उनले आफ्नो प्रस्तुती दिँदा दिँदै मञ्चमै ढले । उनको प्रस्तुतीले बनाएको माहोलमा दर्शक रमाउँदै गडगडाहट ताली बजाइरहेका थिए । उनी ढलेको देख्दा अभिनय भन्ठानेर दर्शकको ताली रोकिएको थिएन तर मन्चमा भने उनको श्वास रोकिएको थियो । उनले संसार छाडिसकेका थिए ।

खलीज टाइम्सका अनुसार मञ्जुनाथ नायडूलाई शोका क्रममा ह‌ृद्यघात भयो र सो कारणले उनको प्राण त्यागेका थिए । पहिला उनले आफूलाई बेचैन भएको भएको बताएका थिए र उनी बेन्चमा बसे ।

त्यसपछि उनी मञ्चमा लडे । त्यहाँ बसेका दर्शकलाई लाग्यो कि यो पनि कमेडीको एउटा पाटोको होला । तर, उनी हृदयघातका कारण मन्चमै लडेका थिए ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  ७ : ३० बजे

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय

धोबीखोला बस्तीमा पसेपछि बेहाल (तस्बिरहरू)

काठमाडौं – भारी वर्षाका कारण धोबीखोला उर्लिँदा चाबहिल, सरस्वतीनगर र

शिक्षामन्त्रीद्वारा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग अन्तरक्रिया

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसँग

जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै

टोकियो – जापानमा जापानी नागरिकको जनसङ्ख्या ४२ वर्षमा पहिलो पटक

सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन

काठमाडौं – सरकार र नेपाल चिकित्सक सङ्घबीच आज सहमति भएको