१२ किलो अफिम र चरेससहित २ जना पक्राउ « Khabarhub

१२ किलो अफिम र चरेससहित २ जना पक्राउ


३ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुम– रुकुम पश्चिममा अबैध लागुऔषध सहित २ जना पक्राउ परेका छन् । १२ किलो अफिम र चरेस सहित उनीहरुलाई प्रहरीले जिल्लाको आठबिसकोट नगरपालिका-४ अनाहबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जाजरकोट त्रिबेणी नलगाड नगरपालिका १३ का ४२ वर्षीय धनबहादुर मल्ल र वडा नम्बर १२ का ३० वर्षीय चन्द्रबहादुर शाही रहेका छन् ।

आठबिसकोटबाट डोल्पातर्फ जाँदै गर्दा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट ७ किलो चरेस र ५ केजी अफिमसँगै ५० हजार नगद बरामत गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख सुमित खड्काले जानकारी दिए ।

प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार  ६ : १९ बजे

राष्ट्रियसभा सदस्य निर्वाचनः आज सातै प्रदेशमा मतदान हुँदै

काठमाडौं – राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ११ गते आइतबार माघ

आज २०८२ साल माघ ११ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ११ गते आइतबार माघ

टाइगर कप भलिबल : पर्वत, गण्डकी, पुलिस र एपिएफ विजयी

कास्की – पोखरा रङ्गशालामा शुक्रबारदेखि ‘टाइगर कप’ राष्ट्रिय तथा अन्तरराष्ट्रिय

क्यानडाले चीनसँग व्यापार सम्झौता गरे शतप्रतिशत करवृद्धि गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानडाले चीनसँग व्यापार