कञ्चनपुरमा अवैध औषधि बिक्री वितरण गर्ने एक जना पक्राउ « Khabarhub

कञ्चनपुरमा अवैध औषधि बिक्री वितरण गर्ने एक जना पक्राउ


७ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- कञ्चनपुरमा अवैध औषधि बिक्री वितरण गर्दै आएका एक जना पक्राउ परेका छन् ।

जिल्लाको बेलौरी नगरपालीका–९ कुण्डाका ४३ वर्षिय सुनिराम चौधरी लालझाडी गाउँपालिका–६ चान्देवमा मेडिकल सञ्चालन गर्दै आएका थिए । चौधरीले सञ्चालन गरेको जनता मेडिकल हलमा अवैध औषधिसहित उनलाई प्रहरीले पक्राउ गरेको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलालीबाट सादा पोशाकमा खटिएको प्रहरी टोली र इलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरबाट प्रहरी नायव निरीक्षक प्रकाशदत्त जोशीको कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले उक्त मेडिकलमा अवैध औषधि फेला पारेको हो ।

चौधरीलाई कारवाहीका लागि औषधि व्यवस्था विभाग शाखा कार्यालय नेपालगञ्ज पठाएको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०८०, आइतबार  ७ : २२ बजे

आज २०८२ साल पुस ५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ५ गते शनिबार तदनुसार

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको