रुट्स फेसनविरुद्ध राजस्व छलीको मुद्दा | Khabarhub Khabarhub

रुट्स फेसनविरुद्ध राजस्व छलीको मुद्दा


७ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


417
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । राजस्व अनुसन्धान विभागले एडीडाज ब्रान्डका सामान आयातकर्ता रुट्स फेसन प्रा.लि.विरुद्ध राजस्व छली गरेको अभियोगमा मुद्दा दायर गरेको छ । आइतबार विभागले ४ करोड ३७ लाख माग दाबीसहित उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।

रुट्स फेसनले आयात गरेर वीरगन्ज भन्सारबाट भित्र्याएको जुत्ता, तयारी पोसाक लगायतका सामानको राजस्व छली गरेको विभागको आरोप छ । मुद्दामा राजस्व चुहावट तथा नियन्त्रण ऐन २०५२ अनुसार रुट्सका सञ्चालकहरू सञ्जीव तुलाधर, देवेन्द्रप्रसाद श्रेष्ठ, सुनिल महर्जन र प्रकाश रत्न कंशाकारसमेतलाई विपक्षी बनाइएको छ ।

विभागका सूचना अधिकारी तथा अनुसन्धान अधिकृत नवराज अधिकारीका अनुसार सामान आयात गर्दा सरकारलाई नियमअनुसार भन्सार महसुल, मूल्य अभिवृद्धि कर(भ्याट) नबुझाएकोले आयातित सामानको बिगो २ करोड १८ लाख ५२ हजार ७ सय ७० कायम गरी सोही रकमको शतप्रतिशत जरिवानासमेत ४ करोड ३७ लाखको माग दाबीसहित विभागले मुद्दा दायर गरेको हो ।

ब्रान्डकै आवरणमा थोरै राजश्व तिरेर बढी सामान आयात हुँदै आएकोसमेत खुलेको विभागले जनाएको छ ।

विभागले आयतकर्तालाई जेल सजायको माग मुद्दाको आरोपपत्रमा गरेको छ । ऐन अनुसार ठहर भएमा १ देखि ३ वर्षसम्म जेल सजाय हुन सक्नेछ । उक्त सामान गत वैशाखमा विभागमा दाखिला गरिएको थियो ।

प्रकाशित मिति : ७ आश्विन २०८०, आइतबार  ८ : ४३ बजे

सरकारी ढुकुटीमा विदेशी विनिमय सञ्चिति २६ खर्ब नजिक, १४ महिनाको आयात धान्न पुग्ने

काठमाडौं– नेपालमा विदेशी विनिमय सञ्चिति २६ खर्ब रुपैयाँ नजिक पुगेको

उपेन्द्र यादव काठमाडौं बाहिर, राष्ट्रियसभामा ढ्याप्ढ्याप !

काठमाडौं – सरकारको नीति तथा कार्यक्रम आइतबार दुबै सदनबाट पारित

नौ महिनामा झण्डै १२ खर्ब रेमिट्यान्स भित्रियो

काठमाडौं– चालु आर्थिक वर्षको नौ महिनामा नेपालमा झण्डै १२ खर्ब

आगामी बजेटको प्राथमिकतामा समृद्ध नेपाल, सुखी नेपालीदेखि निजी क्षेत्रको लगानी प्रवर्द्धनसम्म

काठमाडौं– सरकारले आगामी बजेटमा समृद्ध नेपाल, सुखी नेपालीदेखि निजी क्षेत्रको

३७ महिनापछि राप्रपा पार्टी कार्यालय पुगे कमल थापा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा राष्ट्रिय प्रजातन्त्र