गुल्मीमा माटोको ढिस्कोले पुरिँदा १७ वर्षीय किशोरको मृत्यु « Khabarhub

गुल्मीमा माटोको ढिस्कोले पुरिँदा १७ वर्षीय किशोरको मृत्यु


८ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

गुल्मीमा- गुल्मीमा माटोको ढिस्कोले पुरिँदा १७ वर्षीय किशोरको मृत्यु भएको छ ।

रेसुङगा नगरपालिका वडा नम्बर ३ भाडगाउँमा शेरबहादुर बेलबासेको निर्माणधीन घरमा माथिबाट पहिरो खस्दा काम गर्न बसेका मजदुर प्युठानको गौमुखी गाउँपालिका वडा नम्बर ३ का १७ वर्षीय डोरबहादुर घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नविनकिशोर प्रधानले जानकारी दिए ।

यसैगरी, सोही पहिरोमा परी घरधनी ७९ वर्षका शेरबहादुर बेलबासे र प्युठानको गौमुखी गाउँपालिका वडा नम्बर ३ का २४ वर्षीय टेकबहादुर घर्ती घाइते भएका थिए ।

मृतकको शव पोष्टमार्टमका लागि गुल्मी अस्पतालमा ल्याइएको र पोष्टमार्टम पश्चात् आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ । घाइतेहरुको  गुल्मी अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ४ : ५१ बजे

विरोधी वा अन्य नेतालाई गाली गर्नुभन्दा मौन र उपेक्षा ठूलो जवाफ : शशांक कोइराला

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहका नेताहरूले पार्टीलाई एक ढिक्का

इन्डोनेसियामा ‘कार रेस’ दुर्घटनामा आठ जनाको मृत्यु : प्रहरी

एजेन्सी– इन्डोनेसियामा साप्ताहिक ‘कार रेस’ का क्रममा एउटा कार नियन्त्रणबाहिर

परीक्षा प्रणालीमा सुधारको माग गर्दै झारखण्डमा विद्यार्थी आन्दोलन

नयाँदिल्ली-भारतको झारखण्डमा सरकारी रोजगारीका लागि सञ्चालन हुने परीक्षामा अनियमितता भएको

फिल्म क्षेत्रमा कति धेरै गतिविधि !

काठमाडौं – प्रदर्शनरत फिल्म ‘गौँथली’ले बक्स अफिसमा २० करोडको आँकडा

उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणपछि दक्षिण कोरिया–अमेरिका संयुक्त अभ्यास गर्दै

एजेन्सी– उत्तर कोरियाले संयुक्त राष्ट्रसङ्घको प्रतिबन्ध उल्लङ्घन गर्दै ब्यालिस्टिक क्षेप्यास्त्र