इण्डो प्यासिफिक सम्मेलनमा प्रधानसेनापति शर्माको सहभागिताबारे जानकारी छैन : मन्त्री श्रेष्ठ « Khabarhub

इण्डो प्यासिफिक सम्मेलनमा प्रधानसेनापति शर्माको सहभागिताबारे जानकारी छैन : मन्त्री श्रेष्ठ


८ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भारतमा जारी इण्डो प्यासिफिक सम्मेलनमा प्रधानसेनापति प्रभुराम शर्माको सहभागिताबारे आफूलाई जानकारी नरहेको बताएका छन् ।

प्रेस सेन्टर मोरङले सोमबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा श्रेष्ठले नेपाल कुनै पनि सैन्य रणनीतिमा संलग्न नहुने भएकाले इण्डो प्यासिफिक रणनीतिमा सामेल हुनै नसक्ने जिकिर गरे ।

कार्यक्रममा उनले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोगको कार्यादेशबारे विवाद गर्नुको कुनै औचित्य नरहेको बताए ।

आयोगको कार्यादेशका बारेमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरु बसेर यसअघि नै टुङ्गो लागिसकेकाले अहिले विवाद गर्नुको औचित्य नरहेको बताएका हुन् ।

गृहमन्त्री श्रेष्ठले सरकार सबै किसिमको भ्रष्टाचारका प्रकरणहरु छानबिन गर्न तयार भएर बसेको जिकिर गरे । उनले माओवादी केन्द्र पहिचानसहितको संघियताको पक्षमा रहेकाले जनताको चाहनाअनुसार अघि बढ्ने धारणा राखे ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ७ : ०८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै