साफ यू–१९ च्याम्पियनसिप : नेपालले सेमिफाइनलमा भारतसँग खेल्ने « Khabarhub

साफ यू–१९ च्याम्पियनसिप : नेपालले सेमिफाइनलमा भारतसँग खेल्ने


८ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले भारतको सामना गर्नुपर्ने भएको छ । भारतले समूह बी को अन्तिम खेलमा भुटानलाई २–१ ले हराउँदै सेमिफाइनलमा नेपालसँगको भेट पक्का गरेको छ ।

नेपाल र भारतबीचको सेमिफाइनल खेल बुधबार दिउँसो ५ः३० मा दथरथ रंगशालामा सुरु हुनेछ । पहिलो सेमिफाइनल खेलमा सोही दिन दिउँसो १ः३० मा भुटान र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।

यसअघि सोमबार दशरथ रंगशालामा माल्दिभ्सलाई ४–१ गोल अन्तरले हराउँदै नेपालले अन्तिम चारमा स्थान पक्का गरेको थियो । पहिलो हाफमै २–० को अग्रता लिएको नेपालले दोस्रो हाफमा थप दुई गोल गरेको थियो ।

खेलको १७ औं मिनेटमा प्रशान्त लक्षमले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएका थिए भने समिर तामाङले ३० औं मिनेटमा नेपालको अग्रतालाई दोब्बर बनाएका थिए ।

दोस्रो हाफको ५८ औं मिनेटमा लायन रसिदले गोल गर्दै माल्दिभ्सलाई खेलमा फर्काउने कोशिश गरेका थिए । तर खेल सकिन दुई मिनेट बाँकी छदाँ निराजन धामीले गोल गर्दै नेपाललाई जितको नजिक पुर्याएका थिए ।

दोस्रो हाफको इन्जुरी समयमा निराजन धामीले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई फराकिलो जित दिलाए । त्यसअघि पहिलो हालमा सुजन डंगोल र माल्दिभ्सका कप्तान मोहमद इयान हसन रातो कार्ड खादै बाहिरिएपछि दुबै टीम १० खेलाडीमा सिमित भएको थियो ।

 

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ८ : ३२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै