चाडपर्व लक्षित सुरक्षा योजना बनाएर लागू गर्न प्रहरीको सर्कुलर « Khabarhub

चाडपर्व लक्षित सुरक्षा योजना बनाएर लागू गर्न प्रहरीको सर्कुलर


८ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चाडपर्व लक्षित विशेष सुरक्षा योाजना बनाएर लागू गर्न प्रहरी प्रधान कार्यालयले देशैभरका प्रहरी युनिटहरूमा सर्कुलर जारी गरेको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले नजिकिँदो चाडपर्वलाई लक्षित गरी आवश्यक सुरक्षा प्रबन्धसहित सुरक्षा योजना तयार पारी लागू गर्न सर्कुलर जारी गरेको जानकारी दिए । उनका अनुसार चाडपर्वमा घटना, दुर्घटना तथा आपराधिक गतिविधि रोक्ने गरी सुरक्षा व्यवस्थालाई चुस्त–दुरुस्त पार्ने गरी सुरक्षा योजना बनाएर लागू गर्न भनिएको छ ।

विशेष सुरक्षा योजना लागू भएपछि साविकभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिन्छ भने सम्भावित जोखिम क्षेत्रको पहिचान गरी चोरी तस्करीलगायत आपराधिक क्रियाकलापहरू रोक्न लागि प्रहरीलाई चुस्त रूपमा परिचालन गर्ने गरिन्छ ।

प्रवक्ता कडायतले केन्द्रीय सुरक्षा योजनासहित युनिटहरूले समेत आ–आफ्नै सुरक्षा चुनौतीअनुसार सुरक्षा योजना तयार पारी अब छिट्टै लागू गर्ने पनि बताए । उनले यो समयमा रिजर्भमा रहेको फोर्सलाई समेत परिचालन गरी साविकभन्दा सुरक्षाकर्मीका सङ्ख्या बढाइने बताए । चाडबाडलाई सुरक्षित र शान्तिपूर्ण बनाउन प्रहरी अहोरात्र खटिने पनि उनले बताए ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  १० : ३२ बजे

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

कालीगण्डकीले धार फेरेपछि उजाडियो तिल्केनीचौर बस्ती

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरका गमबहादुर सेञ्चुरीको घर नजिकै दुई

वर्षाले खेल प्रभावित हुँदा एसियाड क्वाटरफाइनलबाटै बाहिरियो नेपाल : श्रीलंका सेमिफाइनलमा

काठमाडौँ– लगातारको वर्षाले खेल प्रभावित हुँदा समूह विजेता बन्दै क्वाटरफाइनल

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६