काठमाडौँ– काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले एकसाता अघिदेखि उभिरहेका अभियन्ता ईःलाई भेटेकी छन् । आज बिहान राष्ट्रिय सभागृह अगाडि पुगेर उनले ईः लगायतका अभियन्तालाई भेटेकी हुन् ।
फुटपाथ व्यवसायीलाई अमानवीय तरिकाले हटाइएको विरोधमा अभियन्ता ईः लगायत गत मंगलबारदेखि राष्ट्रिय सभागृह अगाडि उभिएर विरोध जनाइरहेका छन् ।
अभियन्तालाई भेटेर उपमेयर डंगोलले फुटपाथबाट विस्थापित भएकाहरूलाई वैकल्पिक व्यवस्थासम्बन्धी नीति बनाउन प्रतिवद्ध रहेको बताइन् ।
उपमेयर डंगोलले अभियन्ता ईः को स्वास्थ्य अवस्थाबारे पनि जानकारी लिएकी थिइन् । लामो समयदेखि उभिएर विरोध जनाइरहेको ईः को गोडा सुनिएको छ ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले अभियन्ता ईःसँग आफूले वार्ता गर्न खोजेको तर नमानेको बताएका थिए। अभियन्ता ईःले भने मेयर बालेन नआएको तर पार्किङमा वार्तामा बस्न नगरप्रहरी खटाएको बताएका छन् ।
काठमाडौँ महानगरपालिकाले वैकल्पिक व्यवस्था विना नै फुटपाथ व्यवसायीहरूलाई हटाएको विरोधमा अभियन्ता ईः राष्ट्रिय सभागृह अगाडि उभिएर विरोध जनाइरहेका छन् ।
प्रतिक्रिया