आईपीएसमा प्रधानसेनापतिको सहभागिताप्रति विप्लवकाे आपत्ति « Khabarhub

आईपीएसमा प्रधानसेनापतिको सहभागिताप्रति विप्लवकाे आपत्ति


९ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माको हिन्द प्रशान्त रणनीति (आईपीएस) सम्मेलनमा सहभागिताप्रति आपत्ती जनाएको छ ।

पार्टीका महासचिव विप्लवले आज एक वक्तव्य प्रकाशित गरी यही असोज ६ गतेदेखि सुरु आईपीएस सम्मेलनमा प्रधानसेनापति शर्माले जनाएको सहभागिताबारे सरकारलाई आधिकारिक धारणा सार्वजनिक गर्न माग गरेका छन् ।

अमेरिकी सरकारको नेतृत्वमा गठन भएको आईपीएस आक्रामक सैन्य गठबन्धन रहेको उल्लेख गर्दै उनले नेपाली जनताको जब्बर मत नेपाल कुनै पनि अन्तर्राष्ट्रिय सैन्य गठबन्धनमा सहभागि बन्नु हुँदैन भन्ने रहेको जनाएका छन् ।

सबै राजनीतिक पार्टी र नेपाल सरकारले पनि बेलाबेला आईपीएसमा सहभागि बन्न नसक्ने धारणा सार्वजनिक गर्दै आएको अवस्थामा प्रधानसेनापति शर्माको सहभागिताले चिन्तित तुल्याएको विप्लवको भनाइ छ ।

आईपीएस सम्मेलनमा नेपाल सहभागि बन्नुले विश्व जगतमा नेपाल अमेरिकी गठबन्धनमा गएको सन्देश जाने उल्लेख गर्दै उनले यसले नेपाली जनताको चाहना र नेपालको भूराजनीतिक संवेदनशीलतालाई बोध गर्न नसकेको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  १२ : २९ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

आज २०८२ साल पुस ९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य