आईपीएसमा प्रधानसेनापतिको सहभागिताप्रति विप्लवकाे आपत्ति « Khabarhub

आईपीएसमा प्रधानसेनापतिको सहभागिताप्रति विप्लवकाे आपत्ति


९ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माको हिन्द प्रशान्त रणनीति (आईपीएस) सम्मेलनमा सहभागिताप्रति आपत्ती जनाएको छ ।

पार्टीका महासचिव विप्लवले आज एक वक्तव्य प्रकाशित गरी यही असोज ६ गतेदेखि सुरु आईपीएस सम्मेलनमा प्रधानसेनापति शर्माले जनाएको सहभागिताबारे सरकारलाई आधिकारिक धारणा सार्वजनिक गर्न माग गरेका छन् ।

अमेरिकी सरकारको नेतृत्वमा गठन भएको आईपीएस आक्रामक सैन्य गठबन्धन रहेको उल्लेख गर्दै उनले नेपाली जनताको जब्बर मत नेपाल कुनै पनि अन्तर्राष्ट्रिय सैन्य गठबन्धनमा सहभागि बन्नु हुँदैन भन्ने रहेको जनाएका छन् ।

सबै राजनीतिक पार्टी र नेपाल सरकारले पनि बेलाबेला आईपीएसमा सहभागि बन्न नसक्ने धारणा सार्वजनिक गर्दै आएको अवस्थामा प्रधानसेनापति शर्माको सहभागिताले चिन्तित तुल्याएको विप्लवको भनाइ छ ।

आईपीएस सम्मेलनमा नेपाल सहभागि बन्नुले विश्व जगतमा नेपाल अमेरिकी गठबन्धनमा गएको सन्देश जाने उल्लेख गर्दै उनले यसले नेपाली जनताको चाहना र नेपालको भूराजनीतिक संवेदनशीलतालाई बोध गर्न नसकेको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  १२ : २९ बजे

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण

जापानीज इन्सेफलाइटिसबाट १३१ जना सङ्क्रमित, २८ जनाको मृत्यु

काठमाडौं- नेपालमा सन् २०२६ मा हालसम्म जापानीज इन्सेफलाइटिस (जेई) बाट १३१

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु