प्रधानमन्त्री प्रचण्ड र युआनबीच भेटवार्ता | Khabarhub Khabarhub

प्रधानमन्त्री प्रचण्ड र युआनबीच भेटवार्ता


९ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनको एक हप्ते औपचारिक भ्रमणको क्रममा दक्षिण पश्चिम शहर छोङछिङमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग चिनियाँ कम्युनिष्ट पार्टी सिपिसीको केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य एवं सो पार्टीको छिङछोङ महानगरपालिका सचिव युआन चियाचुनले छोङछिङ शहरमा भेटवार्ता गरेका छन् । 

छोङछिङको स्टेट गेष्ट होटलमा भएको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले चियाचुन र आफूबीच पहिला पनि भर्चुअल्ली कुराकानी भएको र अहिले प्रत्यक्ष कुराकानी हुन पाउँदा खुसी लागेको बताउँदै छोङछिङ शहरले विगतमा दिएको राजनीतिक योगदान र हिजोआज विकास निर्माणमा गरेको प्रगतिबाट आफू प्रभावित भएको बताए । 

यस शहरले सामाजिक तथा आर्थिक प्रगतिका लागि स्पष्ट विचारका साथ लिइएका रणनीतिहरुको उनले प्रशंसा गरे । भेटवार्तामा सिपिसीको केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य चियाचुनले प्रधानमन्त्री प्रचण्डसँग विगतमा भएका गहिरो कुराकानीबाट उच्चस्तरको सम्बन्ध स्थापित भएको बताए । 

उनले प्रधानमन्त्री प्रचण्ड इटालीको भ्रमणमा रहेका बेला नेकपा माओवादी केन्द्रको निमन्त्रणामा आफूले नेपालको भ्रमण गरेको उल्लेख गर्दै सो भ्रमणका बेला पनि द्वीपक्षीय हितका बारेमा छलफल भएको बताए । उनले आपसी हित प्रर्वद्धनका लागि आफू सदैव तयार रहेको उल्लेख गरे । 

भेटवार्तामा प्रधानमन्त्रीसँगै भ्रमण दलमा रहेका परराष्ट्रमन्त्री एनपी साउद, खानेपानी मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला, मुख्य सचिव डाक्टर बैकुन्ठ अर्याल, परराष्ट्र सचिव भरतराज पौडेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार हरिबोल गजुरेल, प्रेस सल्लाहकार गोविन्द आचार्य लगायत भ्रमण दलका सदस्यहरू सहभागी थिए । प्रधानमन्त्री प्रचण्ड मंगलबार बिहान बेइजिङबाट छोङछिङ पुगेका हुन् ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  ५ : ०६ बजे

जेन-जी प्रदर्शन अराजक बन्दा सार्वजनिक संरचनामा दुई खर्ब भन्दा बढी क्षति

काठमाडौँ – सोमबार र मङ्गलबार चर्किएको जेन-जी आन्दोलन क्रममा देशभर

आजका समाचार : सरकार निर्माणको खेलमा दुर्गा प्रसाईँ पनि, जेन-जीलाई प्रचण्डको १० बुँदे अपिल र सडकमा आए ठूला दलका विद्यार्थी नेता

शान्तिपूर्ण निकासका लागि जेनजीलाई प्रचण्डको १० बुँदे अपिलनेकपा (माओवादी केन्द्र)का

शेयर कारोबार केही समयका लागि बन्द गर्न ५ संगठन माग 

काठमाडौं– पुँजी बजारका विभिन्न ५ संगठनले राजनीतिक अवस्था स्थिर नहुँदासम्म

सङ्खुवासभामा शुक्रबार बिहानसम्म कर्फ्यु

खाँदबारी– जेन–जी आन्दोलनसँगै उत्पन्न सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी जिल्ला प्रशासन

बालेनसँग आक्रोशित हर्क : संकट पर्दा लुकेर मैदानमा नउत्रिएको आरोप

काठमाडौँ- धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले काठमाडौँ महानगरपालिकाका मेयर