सुन किन्ने बहानामा चोरी गर्ने चार जना पक्राउ | Khabarhub Khabarhub

सुन किन्ने बहानामा चोरी गर्ने चार जना पक्राउ


९ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सुन किन्ने बहानामा चोरी गर्ने चार जना पक्राउ परेका छन् । काठमाडौं उपत्यकाका विभिन्न ७ भन्दा बढी स्थानका सुन पसलमा गएर सुन किन्ने बहानामा चोरी गर्ने ४ जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनीहरुले स्कुटरको प्रयोग गरी सुन चोरी गर्दै आएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर नगरपालिका घर भई हाल ढुंगेधारा बस्ने ३३ वर्षीया रत्न महर्जन, सोही नगरपालिकाका २२ वर्षीय सुमन पतुवार, नुवाकोटको बेलकोटगढी घर भई हाल काठमाडौँको नयाँबजार बस्ने ३६ वर्षीय वीरेन्द्र विक र भारतको महाराष्ट्रको सोलापुर घर भइ हाल काठमाडौंको माछापोखरी बस्ने ३७ वर्षीय हनुमन्त फाँडे रहेका छन् ।

उनीहरुले प्रयोग गरेको स्कुटर, लत्ताकपडा पनि प्रहरीले बरामद गरेको छ । उनीहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  ८ : ०५ बजे

सुरक्षा खतरा देखाउँदै रूसी नागरिकविरूद्ध इयूले भिसामा थप कडाइ गर्दै

ब्रसेल्स, बेल्जियम – युक्रेन युद्धको लगभग चार वर्ष पछि युरोपेली

सार्वजनिक पुस्तकालयको विकासमा बागमती प्रदेशले सहयोग गर्छ : मुख्यमन्त्री बानियाँ

काठमाडौं–  बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानिँयाले सार्वजनिक पुस्तकालयको विकासमा प्रदेश

‘मौरिस हर्जोग’ पदमार्ग पुनःसञ्चालन

म्याग्दी– अन्नपूर्ण आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्ग पुनःसञ्चालन भएको

इन्डोनेसियाको एक क्याम्पसमा भएको विस्फोटमा परी २० जना घाइते

जकार्ता- इन्डोनेसियाको राजधानी जकार्तास्थित एक क्याम्पसमा शुक्रबार भएका दुई वटा