गण्डकी प्रदेशमा डेङ्गु सङ्क्रमण बढ्यो | Khabarhub Khabarhub

गण्डकी प्रदेशमा डेङ्गु सङ्क्रमण बढ्यो


९ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

तनहुँ – विगत केही समयदेखि दमौलीमा डेङ्गुका बिरामी बढेपछि गण्डकी प्रदेश सरकारले पाँच स्वास्थ्यकर्मी दमौली अस्पताललाई उपलब्ध गराउने भएको छ ।

दमौली अस्पतालमा डेङ्गुसँग मिल्दोजुल्दो लक्षण भएका बिरामी उपचारका लागि आउने गरेको र अस्पतालमा स्वास्थ्यकर्मीको अभाव भएपछि प्रदेश सरकारले पाँच जना स्वास्थ्यकर्मी परिचालन गरेको हो ।

प्रदेश सरकारबाट एक जना एमडिजिपी चिकित्सकसहित पाँच जना स्वास्थ्यकर्मी दमौली अस्पतालमा उपलब्ध गराउन लागिएको दमौली अस्पतालका प्रमुख डा परिवर्तन बरालले जानकारी दिए। उनले भने , “प्रदेश सरकारका अतिरिक्त सङ्घीय सरकारबाट पनि चिकित्सकको टोली आउने कुरा भएको छ । डेङ्गु नियन्त्रणका लागि सङ्घ, प्रदेश सरकार, जनप्रतिनिधि गम्भीर भएर लागेको र सोहीअनुसार प्रतिबद्धता आएको छ ।”

डा बरालका अनुसार सोमबारसम्म अस्पतालमा छ सय ४६ जनाको परीक्षण गरिएकामा चार सय ३६ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । ज्वरो आएर अस्पताल आउनेको सङ्ख्या बढेको बताउँदै उहाँले सोमबार राति मात्रै ४२ जना इमर्जेन्सीमा भर्ना भएको जानकारी दिए । उनले भने, “उहाँहरू आज बिहानै डिस्चार्ज भइसक्नुभएको छ । अस्पतालमा बिहानको समयमा भीड हुने गरेको छ । जनचेतनाका कारण ज्वरो आउने बित्तिकै बिरामी अस्पताल आउन थाल्नुभएको छ । यो सकारात्मक पक्ष हो ।”

जिपीमा दश शय्याको डेङ्गु उपचार कक्ष

शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रले दश शय्याको डेङ्गु उपचार कक्ष बनाएको छ । डेङ्गु सङ्क्रमितको सहजरूपमा उपचारका लागि अस्पतालले दश शय्याको छुट्टै कक्ष बनाएको हो ।

केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठका अनुसार हालसम्म तीन सय १८ जनाको परीक्षण गरिएकामा ४३ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । आज छ जना बिरामी कक्षमा भर्ना छन् । गम्भीर अवस्थाका बिरामीलाई मात्रै अस्पतालमा भर्ना गर्ने गरिएको उनले जानकारी दिए ।

स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले डेङ्गु नियन्त्रणका लागि सचेतनाका कार्यक्रम अगाडि बढाइए पनि न्यूनीकरण हुन नसकेको बताए । उनका अनुसार आजसम्म जिल्लाभर एक हजार नौ सय ९४ जनामा डेङ्गु सङ्क्रमण भएको छ । त्यसमध्ये व्यास नगरपालिकामा मात्रै एक हजार छ सय ९० सङ्क्रमित छन् ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  ८ : १८ बजे

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

दाङ– अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ परेका छन्

दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणको बाटो खुल्यो

दोधारा चाँदनी–  कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकास्थित प्रस्तावित दोधारा चाँदनी सुक्खा

मारवाडी सेवाबाट खोसियो धर्मशाला, अब पशुपति क्षेत्र विकास कोषले नै चलाउने

काठमाडौं- लामो समयदेखि मारवाडी सेवा समिति नेपालले सस्तोमा भाडामा लिएर

नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए शपथ

काठमाडौं- आइतबार मात्रै प्रधानन्यायाधीशमा नियुक्त प्रकाशमानसिंह राउतले पद तथा गोपनीयताको

सुकुम्बासी बस्तीमा एमालेको राहत, कार्यकर्ताले उठाए बाढीको फोहोर

ललितपुर– नेकपा एमाले युवा–विद्यार्थी विशेष जिल्ला कमिटीले गत साता आएको