चिकित्सकमाथि आक्रमण गर्नेलाई तत्काल कारबाही गर्नुपर्छ : गगन थापा « Khabarhub

चिकित्सकमाथि आक्रमण गर्नेलाई तत्काल कारबाही गर्नुपर्छ : गगन थापा


९ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चिकित्सकमाथि आक्रमण गर्नेलाई तत्काल हिरासतमा लिएर कारबाही प्रक्रिया अघि बढाउन माग गरेका छन्।

उनले संसदबाट पारित स्वास्थ्य संस्थासम्बन्धी ऐन अनुसार घटनाका दोषीलाई सरकारले कडा कारबाही गर्नुपर्ने बताए।

मंगलबार साँझा सामाजिक सञ्जालमार्फत थापाले नागरिकलाई स्वास्थ्य संस्थाप्रति विश्वस्त बनाउन र स्वास्थ्यकर्मीहरुलाई पनि आफ्नो सुरक्षाप्रति विश्वस्त गराउन पनि सरकारले मकवानपुर घटनाका दोषीलाई तत्काल कारबाही गर्नुपर्ने उल्लेख गरेका छन् । स्वास्थ्यकर्मीमाथिका यस्ता घटनाले उनीहरूलाई त्रसित र निरुत्साहित गर्ने भन्दै नियमनकारी निकायहरुले यस्तो परिस्थितिको उचित सम्बोधन गर्नुपर्ने थापाको भनाईको छ ।

पछिल्लो झण्डै दुई साताको अवधिमा हेटौंडा, पोखरा र लमजुङमा बिरामीका आफन्तले चिकित्सकमाथि कुटपिट गरेका घटना सार्वजनिक भएका छन् ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  ९ : १५ बजे

निर्वाचनको वातावरण निर्माण गर्न नेता कोइरालाको आग्रह

विराटनगर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी फागुन २१

गुटको राजनीति समाप्त भयो, अब सिङ्गो एमाले मात्रै छ : लेखराज भट्ट

काठमाडौं– नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीका आन्तरिक समस्या र

नेकपा कार्यकर्ताको आशा : पार्टी दीर्घकालीन र सबल बनोस् 

काठमाडौं– ‘दश वाम एक ठाम’ भन्ने नारासहित गत कार्तिकमा नेपाली

युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी

एजेन्सी – गत अक्टोबर देखि युद्धविराम सम्झौता लागू भए तापनि

सरकारलाई प्रचण्डको चेतावनी : पटक-पटक संविधान मिच्ने दुस्साहस नगर्नू

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन सार्ने