ताइवानमा चिनियाँ नाकाबन्दी असफल हुन्छ : पेन्टागन « Khabarhub

ताइवानमा चिनियाँ नाकाबन्दी असफल हुन्छ : पेन्टागन


९ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन डीसी- अमेरिकी रक्षा प्रशासन पेन्टागनका एक जना वरिष्ठ अधिकारीले ताइवानमा चिनियाँ नाकाबन्दी असफल हुने बताएका छन् । अमेरिकी रक्षा मन्त्रालयमा हिन्द प्रशान्त क्षेत्रको सुरक्षा मामिलासम्बन्धी सहायकमन्त्री एली राट्नरले ताइवानमा सफलतापूर्वक प्रत्यक्ष सैन्य आक्रमण गर्नु चीनका लागि निकै कठिन रहेको जनाए ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार चीनले ताइवानमाथि गर्ने नाकाबन्दीले ताइवानलाई स्रोत परिचालन गर्न थप समय प्रदान गर्ने उनको भनाइ छ । अमेरिकी कंग्रेसलाई दिएको बयानमा उनले आर्थिक नाकाबन्दीबाट अर्थतन्त्रमा पर्ने अत्यन्त नकारात्मक असरका कारण विश्व समुदाय नै चीनविरुद्ध उभिने अवस्था आउनसक्ने जनाए ।

अमेरिकी कंग्रेसको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभको सैन्य सेवा समितिलाई दिएको बयानमा उनले सम्भावित नाकाबन्दीको समयमा व्यवसायिक जहाजमाथि चीनले आक्रमण गरे त्यसबाट थप उत्तेजना पैदा हुनसक्ने बताए ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  ९ : ५४ बजे

देशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको

आर्सनलको नजर नयाँ खेलाडीमा: ७५ मिलियन पाउन्डमा गुइमारेस अनुबन्ध

लन्डन – रियाल मड्रिडका ब्राजिलियन विङ्गर भिनिसियस जुनियरलाई अनुबन्ध गर्ने

इरान युद्ध : ट्रम्पद्वारा इरानसँग क्षतिपूर्तिको अडान

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको द्वन्द्वका क्रममा भएको क्षति

कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प: १११ जनाको मृत्यु

बोगोटा – पश्चिम कोलम्बियामा गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण

फाल्गुनन्द मार्गमा मालवाहक सवारी सञ्चालनमा रोक

इलाम– झापाको दमकदेखि इलामको माङसेबुङ गाउँपालिका हुँदै पाँचथरको चिसोपानी पञ्चमी