प्रधानमन्त्री दाहालले आज ल्हासाको भ्रमण गर्ने  « Khabarhub

प्रधानमन्त्री दाहालले आज ल्हासाको भ्रमण गर्ने 


१० आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

छिङछोङ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज  चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा भ्रमण गर्दैछन् ।

गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री दाहाल आज चीनको छिङछोङ सहरबाट ल्हासाका लागि प्रस्थान गर्दै छन् । उनी स्थानीय समयअनुसार दिउँसो १२ः०५ मा ल्हासाको गोन्गार विमानस्थल पुग्ने कार्यक्रम छ ।

प्रधानमन्त्री दाहाल ल्हासास्थित नेपाल महावाणिज्यदूतको कार्यालयमा आज दिउँसो आयोजना हुने अन्तरक्रिया कार्यक्रममा सहभागी हुने छन् । प्रधानमन्त्री दाहालले आजै तिब्बतको पोताला दरबार र जोखाङ मन्दिरको  भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

उनले आजै चिनियाँ कम्युनिष्ट पार्टीको सिचाङ स्वशासित क्षेत्रका सचिव वाङ जुनचेङसँग द्विपक्षीय भेटवार्ता गर्ने छन् ।

प्रधानमन्त्री दाहाल आज ल्हासामा नै बस्ने कार्यक्रम छ । उनका साथमा उनको भ्रमण दलका सदस्यहरू परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, खानेपानीमन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार एवं यातायातमन्त्री प्रकाश ज्वालासहित भ्रमण दलका सदस्यहरू रहने छन् ।

यसअघि प्रधानमन्त्री दाहाल हिजो बेइजिङबाट छिङछोङ सहर पुगेका थिए । यहाँ उहाँले चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यसँग भेटवार्ताका साथै कृषिका क्षेत्रमा यस छिङछोङ महानगरले गरेका कार्यहरूको जानकारी लिएका थिए ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  ७ : २० बजे

फागुन ७ स्वतन्त्र र अधिकारको बिहानी उदाएको ऐतिहासिक दिन : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजको दिन जनताको

‘उम्मेदवारले तथ्य र तर्कका आधारमा आफूलाई प्रस्तुत गर्नुपर्छ’

काठमाडौं– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राजनीतिक दल र

आहा रारा गोल्डकप : दोस्रो सेमिफाइनलमा आज आभा एफसी र जावलाखेल भिड्ने

पोखरा– आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा आज दोस्रो सेमिफाइनलको

भरतपुर विमानस्थलमा इन्धन ‘रिफिलिङ’ सेवा सुरु

चितवन– चितवनको भरतपुर विमानस्थलमा इन्धन सेवा सुरु भएको छ ।

विश्वपमा आज तीन खेल : पहिलो खेलमा वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्दै इटाली

काठमाडौं – आईसीसी टी–२० विश्वकपमा आज तीन खेल हुँदैछन्। पहिलो