महिलाहरुको मात्र शासन चलाउने देश, पुरुषहरु दास बराबर | Khabarhub Khabarhub

महिलाहरुको मात्र शासन चलाउने देश, पुरुषहरु दास बराबर


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अहिलेको जमानामा पनि विश्वमानै पितृसत्तात्मक प्रबृत्तिले छाडेको छैन । विश्वमा महिलामाथि पुरुषहरुले थिचोमिचो गर्ने गरेका छन् भन्ने आवाज चौतर्फी सुनिदै आएको छ । तर, विश्वमा एउटा यस्तो देश छ, जहाँ पुरुषमाथि महिलाले शासन गर्छन् । अझ भनौं पुरै महिलाहरुको शासन चल्दछ त्यो देशमा अनि पुरुषहरु भने सँधै महिलाको गुलामी गर्न बाध्य हुन्छन् ।

यो अनौठो देशको नाम हो – अदरवर्ल्ड किंगडम । तर, सन् १९९६ मा चेक रिपब्लिकबाट बनेको यो देशले अहिलेसम्म स्वतन्त्र राष्ट्रको मान्यता भने पाएको छैन ।

अहिले यो देशमा रानीले शासन चलाउँदै आएकी छिन् । ती रानीको नाम प्याट्रिसिया प्रथम हो । अहिले उनकै राज छ, त्यो देशमा । त्यहाँ महिलालाई एक नम्बर नागरिकको दर्जा दिइन्छ भने पुरुषहरु त केवल महिलाका दास मात्र हुन्छन् ।

अन्य देशबाट त्यहाँ गएका पुरुषहरुले यो देशमा रानीका लागि बस्ने सोफाहरु निर्माण गर्ने काम गर्दछन् । यति सम्मकी त्यहाँका पुरुषहरुले रक्सी पिउनुअघि समेत आफ्नी मालिक्नीको पाउमा रक्सी चढाउनु पर्छ । अनिमात्र रक्सी पिउन पाउँछन् पुरुषहरु । यतिमात्र होइन, महिलाको अनुमति विना पुरुषहरुले कुनैपनि काम गर्न पाउँदैनन् । यदि कुनै पुरुषले आफुखुसी काम गरे कानून लाग्छ र उनीहलाई कारवाही हुन्छ ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  १० : ३६ बजे

आपराधिक गतिविधि र अवैध कारोबार नियन्त्रण गर्न प्रहरीको गस्ती

सङ्खुवासभा – दुर्गम उत्तरी क्षेत्र भोटखोलामा जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले

कतार एयरवेजको जहाज ढाका ‘डाइभर्ट’

काठमाडौं – कतार एयरवेजको जहाजको जहाज ढाका डाइभर्ट गरिएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साढे ३ घण्टादेखि ठप्प, लाइटिङको समस्या अझै भएन समाधान

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’

त्रिभुवन विमानस्थल अवरुद्ध: फ्लाई दुबईको जहाज लखनउ डाइभर्ट

काठमाडौं – राजधानीका विमानमार्गमा देखिएका प्राविधिक समस्या एवं अवरोधका कारण

विमानस्थल बन्द हुँदा कतार एयरको जहाज आकाशमै फनफनी

काठमाडौं – त्रिभुवन विमानस्थलमाथिको आकासमा कतार एयरवेजको जहाजले ३३ फन्को