सङ्खुवासभा कांग्रेस सभापतिद्वारा राजीनामा « Khabarhub

सङ्खुवासभा कांग्रेस सभापतिद्वारा राजीनामा


१० आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


387
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेस सङ्खुवासभाका सभापति दीपक खड्काले पदबाट राजीनामा दिएका छन् । कांग्रेसको १४औँ महाधिवेशनबाट भारी मतका साथ जिल्ला सभापति पदमा निर्वाचित खड्काले आज राजीनामा दिएका हुन् ।

खड्काले पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत केन्द्रीय सभापति शेरबहादुर देउवालाई राजीनामा बुझाएका हुन् । विसं २०७९ मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सङ्खुवासभाबाट निर्वाचित खड्काले प्रतिनिधिसभा सदस्य भएपछि काठमाडौँमा धेरै समय बिताउनुपर्ने र जिल्लाको पार्टी संगठनलाई पर्याप्त समय दिन नसकेको भन्दै राजीनामा दिएका हुन्  । 

‘सङ्खुवासभामा विसं २०७० र २०७९ सालको निर्वाचनमा कांग्रेसलाई विजयी बनाएको र आगामी दिनमा पनि कांग्रेसको संगठनलाई मजबुत बनाउन जिल्लामा रहेका साथीहरूलाई काम गर्ने वातावरण निर्माण गर्न सभापति पदबाट राजीनामा दिएको हुँ’, उनले भने।

नेता खड्काले आफू जिल्ला सभापति पदमा नरहे पनि अब बन्ने सभापतिलाई सहयोग गर्दै पार्टी र जनताको काममा क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  ५ : ११ बजे

सिंहदरबारको नाम फेर्नुपर्ने भनेपछि हरि ढकाललाई जवाफ : तपाईंको नाम चाहिँ ‘गोबर’ राखे हुन्न ?

काठमाडौं– राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले देशको

आर्थिक आत्मनिर्भरता वृद्धिसँगै सम्बन्ध विच्छेदका मुद्दा पनि बढे

दमौली– जिल्लामा आर्थिक आत्मनिर्भरता, सामाजिक चेतना र व्यक्तिगत स्वतन्त्रताप्रतिको बुझाइ

सबै समुदायको अधिकार सुनिश्चित गर्नुपर्नेमा संयोजक दाहालको जोड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै समुदायको

विश्व आदिवासी दिवसमा काठमाडौंमा र्‍याली (तस्बिरहरू)

काठमाडौं– ३२औँ विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ

तिब्बतमा परम्परागत बुनाइ सीप संरक्षण गर्दै सहकारी

शान्नान– तिब्बतको शान्नानस्थित एक सहकारीले परम्परागत ऊनी कपडा ‘पुलु’ र