स्वास्थ्यकर्मीमाथि आक्रमण गरे कारबाही हुन्छ : गृह   « Khabarhub

स्वास्थ्यकर्मीमाथि आक्रमण गरे कारबाही हुन्छ : गृह  


१० आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृह मन्त्रालयले केही दिनयता विभिन्न जिल्लाहरूमा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने कार्यमा संलग्न व्यक्तिहरूलाई कारबाही गरिने जनाएको छ।

बुधबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले मकवानपुर, कञ्चनपुर, लमजुङ र कास्की लगायतका जिल्लाका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरू माथि भएको आक्रमणका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै दोषिमाथी कारबाही गरिने बताएको हो।

हिजो गृहमन्त्री, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री र सम्बन्धित सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थितिमा बसेको बैठकले स्वास्थ्कर्मीहरुमाथि आक्रमण गर्नेहरूलाई स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ बमोजिम कारबाही गर्न मातहतका निकायलाई निर्देशन दिने निर्णय गरेको छ।

प्रकारका विरोधका कार्यक्रमहरू अन्त्य गरी आफ्नो जिम्मेवारी कर्तव्य निर्वाह गर्दै आ–आफ्नो कार्यक्षेत्रमा फर्कन स्वास्थ्यकर्मीलाई मन्त्रालयले अनुरोध गरेको छ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  ६ : १२ बजे

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा– पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा विमान

गोठाटारमा आगलागी : १४ वटा पसल जले, एक जना घाइते

काठमाडौं– काठमाडौको गोकर्णेश्वर नगरपालिका वडा–५, गोठाटार पहेँलो पुल नजिकै गएराति

 २४ घण्टामा विपद्का घटना : एक जनाको मृत्यु, २० घाइते

काठमाडौं– मनसुनजन्य विपद्का कारण पछिल्ला २४ घण्टामा एक जनाको मृत्यु भएको

काठमाडौंमै लुटेराले प्रहरीमाथि हाने खुकुरी

काठमाडौं– नागरिकको जीउधनको सुरक्षा गर्न खटिएका प्रहरीमाथि खुकुरी प्रहारको प्रयास

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर- युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति जनाएको