जिप दुर्घटनामा परी एकको मृत्यु, दुई घाइते « Khabarhub

जिप दुर्घटनामा परी एकको मृत्यु, दुई घाइते


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीको खोडपेमा बुधबार बिहान एक यात्रुवाहक जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रमुख तथा प्रहरी निरीक्षक दीपकबहादुर पातलीका अनुसार दार्चुलाबाट कैलालीको धनगढीतर्फ जाँदै गरेको ग१ज ५२२४ नंको यात्रुवाहक जिप बैतडीको पाटन नगरपालिका–८ आरुवाटा भन्ने ठाउँमा दुर्घटना भएको हो ।

दुर्घटनामा दार्चुला जिल्ला महाकाली नगरपालिका वडा नं ९ बस्ने अन्दाजी ३५ वर्षीय ईश्वरी नागरीको मृत्यु भएको हो । उक्त दुर्घटनामा परी सोही ठाउँ बस्ने अन्दाजी २४ वर्षीय हिक्मत सामन्त (साउद) र २२ वर्षीय पुष्कर नागरी घाइते भएका छन् ।

चिप्लो बाटो, पानी र कुहिरोका कारण उक्त जिप दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान रहेको बैतडीका निमित्त प्रमुख प्रहरी निरीक्षक पातलीले बताए । उनले भने “आज बिहानदेखि पानी परेको र सडकभरि कुहिरो लागेका कारण दुर्घटना भएको अनुमान गरेका छौँ, विस्तृत विवरण आउन बाँकी छ ।”

दुर्घटनामा परी मृत्यु भएका नागरीको शव भीरबाट उद्धार गरी अस्पताल ल्याउने काम भइरहेको प्रहरीले जनाएको छ । जिप आज बिहान करीब ५.१५ बजेको समयमा दुर्घटनामा परेको हो । जिप सडकबाट करीब ४०० मिटर तल भीरमा खसेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  ११ : ०५ बजे

व्यापारी भट्टमाथि १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं – जिल्ला अदालतले सम्पत्ति शुद्धिकरण कसुरमा व्यापारी दीपक भट्टमाथि

संविधान निर्माण गरेका शक्तिहरु एकताबद्ध हुनुपर्छ : संयोजक दाहाल

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं – सङ्घीय संसद् सचिवालयले यही चैत २२ गते आइतबार

मध्यपूर्व युद्ध अन्त्यका लागि थप प्रयास गर्न रूसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच टेलिफोन वार्ता

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार साउदी राजकुमार मोहम्मद

संसद्मा बादलको भाषणले एमालेभित्र ‘भुइँचालो’, विष्णु पौडेलले भने – पार्टीमा गम्भीर समीक्षा हुन्छ

काठमाडौं – प्रतिनिधिसभामा रामबहादुर थापा ‘बादल’ले दिएको भाषणपछि नेकपा (एमाले)