करेन्ट लागेर एक जनाको मृत्यु « Khabarhub

करेन्ट लागेर एक जनाको मृत्यु


१० आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

बैतडी – करेन्ट लागेर गम्भीर घाइते भएकी बैतडीकी एक महिलाको बुधबार मृत्यु भएको छ।

जिल्लाको डिलाशैनी गाउँपालिका–६ बांगाबगरकी ४३ बर्षीया कलावती नाथको उपचारका क्रममा मृत्यु भएको हो। गत भदौ १८ गते करेन्ट लागेर गम्भीर घाइती भएकी कलावतीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरेर नेपालगञ्ज लगिएको थियो।

नेपालगञ्जमा उनको उपचार सम्भव नभएपछि थप उपचारका लागि वर्न हस्पिटल किर्तिपुर लगिएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको हो। घाँस काट्ने क्रममा विद्युतको हाइटेन्सन लाइनको पोलमा छोइएर नाथलाई करेन्ट लागेको थियो।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  १० : ५२ बजे

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि

दुई हजारभन्दा बढी यमनी व्यक्ति शरण माग्दै जिबुटीमा

एडिस अबाबा – यमनमा इरान–समर्थित हुथी लडाकु र साउदी–समर्थित सरकारबीचको

एक करोड ३९ लाख ठगेको अभियोगमा पक्राउ

काठमाडौं – सुनजस्तो पहेँलो धातु देखाई रु एक करोड ३९