इमानदार शिक्षकले भोग्ने पीडालाई देखाएका छौँ : अभिनेता सापकोटा « Khabarhub

इमानदार शिक्षकले भोग्ने पीडालाई देखाएका छौँ : अभिनेता सापकोटा


११ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली चलचित्रमा केही समय यता कथाको शैलीमा परिवर्तन आएको छ । कथाको आकर्षणले अभिनेतालाई चरित्र निर्वाह गर्न बाध्य बनाउने अभिनेता भोलाराज सापकोटाले बताएका छन् । उनले चलचित्र ‘कौसीद’ को भूमिका सुनेपछि काम गर्न सहमत भएको बताए । चलचित्रमा इमानदार शिक्षकले भोग्ने पीडा देखाइएको उनले बताए।

भारतमा ‘वर्फी’ चलचित्रमा काम गरेपछि चर्चामा आउनु भएका अभिनेता सापकोटा नेपाली चलचित्र र रङ्गमञ्चको स्थापित नाम हो । ‘मैले नेपाली रङ्गमञ्चमा काम नगरेको होइन, तर बलिउडको प्रभाव बढी भएकाले अभिनेता रणवीर कपूरका साथी भनेर चिनारी पाएको छु । नेपाली नाटक प्रेमीले मलाई विभिन्न नाटकका पात्रको रुपमा चिन्नुहुन्छ’, अभिनेता सापकोटाले भने, ‘रङ्गमञ्चमा सिकिएका कुरा चलचित्रमा प्रयोग गर्न नपाउँदा कहिलेकाहीँ खल्लो लाग्छ । त्यस समयमा निर्देशकको कलाकार भइदिन्छु ।’

केही चलचित्रमा आफ्नो पात्रलाई निर्माण गर्न नपाउँदा निर्देशकका अनुसार काम गरेको उनले बताए । अभिनेता सापकोटाले भने, ‘मैले देखेका थुप्रै शिक्षकमार्फत प्रभावित भएर कौसीदको पात्र बन्न तयार भएको हुँ ।’ चलचित्रमा उनले इमानदार शिक्षकको भूमिका निर्वाह गरेका छन् ।

श्रीमती र आफन्तको अनुरोधमा बैंकबाट ऋण लिएर घर निर्माण गरेपछि अचानक बढ्ने ब्याजदरले निम्त्याउने समस्या चलचित्रमा देखाइएको छ । उनले इमानदार भएर सामना गर्नुपर्ने कठिनाइलाई चलचित्रमा देखाइएको बताए । 

चलचित्रको कथासार मन परेपछि चरित्र निर्माणमा उनी स्वयम् खटिएका थिए । ‘प्राय निर्देशकले नै पात्रलाई तयार गर्नुहुन्छ । मसँग केही उदाहरण भएकाले मैले प्रयोग गर्ने अनुमति मागे र पाए पनि । यस्ता चलचित्रले अप्ठ्यारो स्थितिमा पनि संयमता गुमाउनु हुँदैन भन्ने सन्देश दिन्छ । यो हाम्रै समाजमा घटिरहने एउटा कथा हो’, अभिनेता सापकोटाले भने ।

कुमार भास्करले निर्देशन गर्नुभएको चलचित्रमा अभिनेता सापकोटासँगै ऋचा शर्मा, रुपेश दाहाल, परीक्षित विक्रम राणा, सदीक्षा गौतम, निर्भिक भट्टराई, सागर भट्टराई, सन्दिप लोहनीलगायत कलाकारले अभिनय गरेका छन् । 

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहीबार  १२ : ५२ बजे

आजदेखि बृहस्पति अस्त, शास्त्रीय आधारमा काम्य कर्म गर्न निषेध

काठमाडौं – बृहस्पति (गुरु) आजदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा

काठमाडौं – न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी

काठमाडौं – पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध विशेष

संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले बुझायो प्रतिवेदन

काठमाडौं – संविधान संशोधनसम्बन्धी राष्ट्रिय बहसको आधार तयार गर्न गठित

वर्षा र पहिरोका कारण देशभरका यी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौं – लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका