गण्डकीका मुख्यमन्त्री पाण्डे र अमेरिकी उपविदेशमन्त्रीबीच भेट    « Khabarhub

गण्डकीका मुख्यमन्त्री पाण्डे र अमेरिकी उपविदेशमन्त्रीबीच भेट   


११ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र अमेरिकी उपविदेश मन्त्री जेनी वाईनी बिच शिष्टाचार भेट भएको छ । बिहीबार मुख्यमन्त्री कार्यालयमा उनीहरुबिच भेटवार्ता भएको हो । 

उक्त भेटमा गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशको समुन्नतीको प्रमुख पाटो पर्यटन रहेकाले यस क्षेत्रमा सहकार्य गर्न सकिने बताए । साथै उहाँले प्रदेश सरकारले पर्यटनलाई पहिलो प्राथमिकतामा राखेर लगानी गरिरहेकाले दातृ राष्ट्रको सहयोग पनि यस क्षेत्रमा आवश्यक भएको बताए ।

जिविकोपार्जनको क्षेत्रमा पनि सहकार्य गर्न सकिने बताउँदै उनले भने ‘बसाईँसराई रोक्न र गाउँमै रोजगारीको अवसर सिर्जना गर्ने खालका प्रोजेक्टमा हामीलाई सहयोगको खाँचो छ, सहकार्य गर्न सक्छौँ ।’ प्रदेश सरकारको प्राथमिकताको क्षेत्रहरू व्यवसायीक कृषि, स्वास्थ्य, शिक्षामा पनि दातृ निकायसँग सहकार्य गरेर अघि बढ्न सकिने मुख्यमन्त्री पाण्डेले बताए । 

भेटमा अमेरिकी उप विदेशमन्त्री एवं आप्रवासन विभागका उप सहायक सचिव वाईनीले विगतदेखि नेपाल र अमेरिकी सरकार बिचको सम्बन्ध अहिलेपनि सौहार्द रहेको बताउँदै सरकारको प्राथमिकताका क्षेत्रहरूमा सहकार्य हुने बताइन । साथै उनले पहिलो पटक पोखरा आएको बताउँदै यहाँको सुन्दरताले पर्यटकलाई आकर्षित गर्न सक्ने आफूलाई पनि निकै सुन्दर लागेको बताइन । 

भेटघाटमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव लक्ष्मी बस्नेत र प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाले विपद् पूर्व तयारी र प्रतिकार्य, शुद्ध पिउने पानी र सरसफाइ, स्वास्थ्य, साक्षरता, जिविकोपार्जन, दिगो आर्थिक विकासको अवस्था र संभावनाका बारेमा जानकारी गराएका थिए ।

भेटघाटमा प्रदेशसँगको सम्बन्ध र मित्रताको बारेमा छलफल भएको छ । साथै गण्डकी प्रदेश र अमेरिकी सरकारबीचको सहयोग आदानप्रदानको विषयमा कुराकानी भएको थियो । 

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहीबार  ७ : ४० बजे

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै