नेदरल्याण्ड्समा गोली प्रहारबाट तीन जनाको हत्या  « Khabarhub

नेदरल्याण्ड्समा गोली प्रहारबाट तीन जनाको हत्या 


१२ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो समय युरोपमा गोली प्रहार र छुरा प्रहारका घटना बढेका छन् । जसअनुसार नेदरल्याण्ड्समा गोली चल्दा तीन जनाको ज्यान गएको छ । 

नेदरल्याण्ड्सको रोटरडम शहरमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा तीनजना मारिएका छन् । मारिनेमा ३९ वर्षीया महिला, उनी १४ वर्षकी छोरी र ४३ वर्षीय एक प्राध्यापक छन् ।

सञ्चारमाध्यमका अनुसार राजधानी एम्स्टर्डमबाट ८० किलोमिटर टाढा रहेको रोटरडमको एउटा फ्ल्याटमा ३२ वर्षीय बन्दुकधारीले गोली चलाएर आमा–छोरीको हत्या गरेका थिए । 

त्यसपछि उनी नजिकैको स्वास्थ्य केन्द्र इरास्मस मेडिकल सेन्टरमा प्रवेश गरेर अर्का एक व्यक्तिको हत्या गरेका थिए । बन्दुकधारी व्यक्ति अस्पतालसँग सम्बद्ध इरास्मस विश्वविद्यालयका विद्यार्थी रहेको बताइएको छ । 

प्रहरीले बन्दुकधारीलाई नियन्त्रणमा लिएर छानविन अघि सुरु गरेको छ । 

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  १० : ३३ बजे

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी

रास्वपा महामन्त्री दौडमा रञ्जुको इन्ट्री, सोबिता उपसभापतिमा लड्ने

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत महामन्त्री पदको

निशा डाँगीद्वारा सह महामन्त्रीमा उम्मेदवारी घोषणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डागीले सहममन्त्रीमा उम्मेदवारी

माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई अदालतमा उपस्थित गराउन आदेश

काठमाडाैं – पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल जोडिएको पतन्जली योग विद्यापिठ जग्गा