म्याग्दीको महभीर गाउँ पहिरोको जोखिममा | Khabarhub Khabarhub

म्याग्दीको महभीर गाउँ पहिरोको जोखिममा


१२ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–४ स्थित महभीरको बस्ती पहिरोको जोखिममा परेको छ । बस्तीमाथिको पाखोबाट खसेको पहिरोले दुई वटा घर भत्किनुका साथै खानेपानी र सडक आयोजनामा क्षति पुगेको छ । 

वडासदस्य गर्वे गुरुङले काले कामी तथा तुलबहादुर घर्तीको घर भत्किएको र १३ घर जोखिममा परेको जानकारी दिए । 

‘पहाडको फेदीबाट सुरु भएको दुई वटा पहिरो फेदीमा रहेको रितुङखोलासम्म पुगेको छ’, उनले भने, ‘ट्याङ्की, मुहान र पाइपलाइनमा क्षति पुगेकाले २५ घरधुरीले प्रयोग गर्ने खानेपानी आयोजना अवरुद्ध भएको छ ।’

फूलबारी–महभीर–च्युरीबोट सडक अवरुद्ध भएको छ । पहिरोले गाउँको बिचमा ठूलाठूला खोल्सी बनाएको छ । 

खोल्सा छेउछाउको जमिन चिराचिरा भएको छ । दुई सय रोपनी भन्दा बढी खेतीयोग्य जमिनमा पनि पहिरोले क्षति गरेको छ ।

गत बुधबार राति आएको पहिरोले तुलबहादुरको गोठमा रहेका एउटा राँगो र एउटा गोरु मरेका थिए ।

काले कामीले पहिरोले पुरिएकोबाहेक अर्को ठाउँमा रहेको घडेरीमा पनि पहिरोको जोखिम भएकाले कहाँ बस्ने भन्ने चिन्ताले सताएको बताए । पूर्णदेवी घर्ती, सहबहादुर घर्ती, सहबहादुर सुुनार, लालबहादुर कामी, तिलक कामी, गोरे कामी, पोविसरा सुनार, वीरबहादुर कामी, मुक्तिराम सुनार, कुलप्रसाद घर्ती, भीमप्रसाद सुनार, रहमन घर्ती र कुमारी घर्तीको घर जोखिममा रहेको वडासदस्य गुरुङले बताए ।

सो ठाउँमा गत हिउँदमा पनि सुक्खा पहिरो खसेर एउटा घरमा क्षति गरेको थियो । पहिरो प्रभावित क्षेत्रको बिहीबार गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले निरीक्षण गरेका थिए ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  १२ : ४४ बजे

प्रकाश पौडेलले थाले विपद् पीडितका लागि ‘अभियान सहारा’

काठमाडौं- नेकपा एमालेका युवा नेता प्रकाश पौडेलले बाढीपहिरो र डुबान पर्नेहरूको

विद्युत् प्राधिकरण सुधारका लागि यी तीन क्षेत्रमा काम गर्दैछन् हितेन्द्रदेव 

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशन हितेन्द्रदेव शाक्यले मुख्यतः तीन क्षेत्रमा

भारतले इरानमा फसेका नेपालीको उद्धारमा सहयोग गर्ने

काठमाडौं– भारत सरकारले इरानमा फसेका नेपाली नागरिकको उद्धारका लागि सहयोग

चितवनमा सवारी दुर्घटना, सातजनाको मृत्यु, १८ घाइते

चितवन– पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनको राप्ती नगरपालिकाको खहरे पुलमा सवारी

म एउटा मान्छे कतिजनाको भाकलका लागि कति पटक रेटिने ? : रवि लामिछाने

काठमाडौं– सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि कारागार चलान भएका राष्ट्रिय