टुटल सञ्चालन नगर्न अदालतको अल्पकालीन अन्तरिम आदेश | Khabarhub Khabarhub

टुटल सञ्चालन नगर्न अदालतको अल्पकालीन अन्तरिम आदेश


१२ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उच्च अदालत पाटनले राइड सेयरिङ एप टुटल तत्काल सञ्चालन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

न्यायाधीशद्धय धीरबहादुर चन्द र जनक पाण्डेको संयुक्त वाणिज्य इजालसले टुटल एप प्रयोग नगर्न अल्पकालिन अन्तरिम आदेश दिएको हो। साथै माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो, ७ दिनभित्र लिखित जवाफ पेश गर्न समेत अदालतले आदेश दिएको छ ।

टुटलविरुद्ध मण्डला डिजिटल होल्डिङस प्रालिले रिट दायर गरेका थिए । निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने र अधिवक्ता अञ्जन न्यौपानेले बहस गरेका थिए ।

मण्डला डिजिटल होल्डिङसले निवेदनमा अन्तरिम आदेशको मागसमेत गरेको थियो। छलफलका लागि अदालतले असोज १६ गते दुवै पक्षलाई बोलाएको छ । अदालतले यस अवधिसम्म गुगल प्ले स्टोर र एप्पल एप स्टोर मा टुटल एप प्रयोग नगर्न नगराउन आदेश जारी गरेको छ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  ९ : ५७ बजे

चितवनका तीन जनामा देखियो जापानिज इन्सेफलाइटिस

चितवन– सन् २०२५ मा हालसम्म चितवनका तीन जनामा जापानिज इन्सेफ्लाइटिस

एक वर्षे उपलब्धिको फेहरिस्त सुनाउँदै प्रधानमन्त्रीले भने- कुरा काट्ने काटिरहुन्, सरकार काम गर्दैछ

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलले आफू नेतृत्वको सरकार बनेपछिको १४

रूपन्देही उपनिर्वाचन : विरासत जोगाउने ध्याउन्नमा राप्रपा, बदला लिने ‘मुड’ मा कांग्रेस

काठमाडौं– प्रतिनिधिसभा सदस्यका लागि रूपन्देही–३ मा हुन गइरहेको उपनिर्वाचनको नतिजा

ऊर्जामन्त्री खड्कासँग एमसीसीका सहायक उपाध्यक्षको भेट

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग अमेरिकी अनुदान सहयोग