टुटल सञ्चालन नगर्न अदालतको अल्पकालीन अन्तरिम आदेश « Khabarhub

टुटल सञ्चालन नगर्न अदालतको अल्पकालीन अन्तरिम आदेश


१२ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उच्च अदालत पाटनले राइड सेयरिङ एप टुटल तत्काल सञ्चालन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

न्यायाधीशद्धय धीरबहादुर चन्द र जनक पाण्डेको संयुक्त वाणिज्य इजालसले टुटल एप प्रयोग नगर्न अल्पकालिन अन्तरिम आदेश दिएको हो। साथै माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो, ७ दिनभित्र लिखित जवाफ पेश गर्न समेत अदालतले आदेश दिएको छ ।

टुटलविरुद्ध मण्डला डिजिटल होल्डिङस प्रालिले रिट दायर गरेका थिए । निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने र अधिवक्ता अञ्जन न्यौपानेले बहस गरेका थिए ।

मण्डला डिजिटल होल्डिङसले निवेदनमा अन्तरिम आदेशको मागसमेत गरेको थियो। छलफलका लागि अदालतले असोज १६ गते दुवै पक्षलाई बोलाएको छ । अदालतले यस अवधिसम्म गुगल प्ले स्टोर र एप्पल एप स्टोर मा टुटल एप प्रयोग नगर्न नगराउन आदेश जारी गरेको छ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  ९ : ५७ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण