खोकनाको परम्परागत तोरी पेल्ने कोल लोप हुँदै « Khabarhub

खोकनाको परम्परागत तोरी पेल्ने कोल लोप हुँदै


१३ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


528
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ललितपुर महानगरपालिका–२१ खोकना क्षेत्रमा तोरी खेती कम हुँदै जान थालेका छन्  साथै तोरी पेल्ने परम्परागत कोल पनि विस्तारै लोप हुँदै गएका छन् ।

अहिले मिल व्यवसायीले परम्परागत मिल छोडेर विद्युतीय मेसिन प्रयोग गरेर व्यवसाय सञ्चालन गरेका छन् । नेवारी भाषामा ‘सा’ र नेपाली भाषामा ‘कोल’ को नामले चिनिने परम्परागत उपकरण अहिले खोकनामा देखिँदैनन् । 

नयाँ प्रविधिबाट व्यवसायीले तेल उत्पादनलाई वृद्धि गरेका छन् । परम्परागत कोलमा मेहनत धेरै चाहिने र जनशक्ति पनि अलि बढी चाहिने भएकाले परम्परागत कोल प्रयोगमा नआएको व्यवसायी बताउँछन् ।

हाल खोकनामा सामुदायिक रुपमा सञ्चालित गाबु ज्या : सा सामुदायिक तेल मिल, न्हबु सामुदायिक तेल मिल, खअधोकासी सामुदायिक तेल मिल र न्हु सामुदायिक तेल मिल  छन् । अहिले गाबु ज्या : सा सामुदायिक तेल मिल मात्र सञ्चालनमा छ ।

गाबु ज्या : सामुदायिक मिल हजुरबुबाको परम्परादेखि सञ्चालनमा रहेको यसका सञ्चालक कान्छा महर्जन बताउँछन् । उनले भन, ‘मेरो बाल्य अवस्थामा यो मिल २४सैँ घण्टा सञ्चालन हुन्थ्यो । कारणवश यो कोल विसं २०४० देखि बन्द अवस्थामा रहेको थियो । ऐतिहासिक रुपमा रहेको उक्त कोललाई मर्मत गरेर विसं २०६९ मा जिम्मा लिएर सञ्चालन गरेको छु ।’

हाल खोकनामा अन्य विद्युतीय मिल धेरै भए पनि ऐतिहासिक रुपमा रहेको परम्परागत मिल एउटा मात्र सञ्चालनमा छ । मौलिकतालाई बचाउनको लागि ललितपुर महानगरपालिकाको आर्थिक सहयोगमा चार सामुदायिक तोरी पेल्ने मिल भवन निर्माण गरेको छ । उनका अनुसार दुई भवन निर्माण भइसकेको तर दुई वटा निर्माणको तयारीमा छ ।

नयाँ निर्माण भएका भवनमा मौलिकतालाई कायम राखी व्यवसायलाई थप वृद्धि गर्ने लक्ष्य राखिएको छ । खोकनाको तेल मिसावटरहित हुन्छ भन्ने विश्वास रही आएको  छ ।

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार  ९ : ३७ बजे

कुलमानको निर्वाचन खर्च १४ लाख

काठमाडौँ – काठमाडौँ निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा

सुनचाँदीको मूल्य फेरि बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं- स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन

मकवानपुरमा महिलाका नाममा उद्योग दर्ता बढ्यो

बागमती– पछिल्लो केही वर्षयता मकवानपुर जिल्लामा महिला उद्योगी व्यवसायीको सङ्ख्या

सात पालिकाको नवप्रवर्तनका लागि कर्णाली सरकारको तीन करोड ४० लाख

कर्णाली– कर्णाली प्रदेश सरकारले सात पालिकाको नवप्रवर्तन साझेदारी कोष कार्यान्वयन

इजरायलका परराष्ट्रमन्त्रीद्वारा नेपाली समकक्षीलाई बधाई

काठमाडौं– जरायलका परराष्ट्रमन्त्री गिडियन सारले आफ्ना नेपाली समकक्षी शिशिर खनाललाई