धौलागिरी अस्पताल बागलुङमा सिटी स्क्यान सेवा सुरु « Khabarhub

धौलागिरी अस्पताल बागलुङमा सिटी स्क्यान सेवा सुरु


१३ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– बागलुङको धौलागिरी अस्पतालमा सिटी स्क्यान सेवा सुरु भएको छ । गत साउनमा आवश्यक उपकरण भित्रिएपछि जनशक्ति व्यवस्थापन गरी पहिलो पटक बागलुङमा सिटिस्क्यान सेवा सुरु भएको हो । 

धौलागिरी अस्पतालमा सिटी स्क्यानको सेवा सञ्चालनले बागलुङ, मुस्ताङ, म्याग्दी र पर्वतबासीलाई सहज हुनेछ । गण्डकी प्रदेश सरकारले यसका लागि गत आर्थिक वर्ष २०७९-८० मा रु १० करोड बजेट विनियोजन गरको थियो । 

धौलागिरी अस्पताललाई स्तरोन्नति गरी गण्डकी प्रदेश सरकारले दुई सय शय्याको उप-प्रादेशिक अस्पताल बनाउने योजना अन्तर्गत उपकरण थप गरेको हो । पछिल्लो समय धौलागिरी अस्पतालले दैनिक औसतमा पाँच सय बिरामीलाई सेवा प्रदान गर्दै आएको छ ।

सिटी स्क्यान सेवाको शुभारम्भ गर्दै गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाले स्वास्थ्य सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउनका लागि प्रदेश सरकार तयार रहेको विश्वास व्यक्त गरे । 

प्रदेश सरकारले गोरखा र बागलुङको अस्पताललाई प्राथमिकतामा राखेर काम गरिएको उनको भनाइ छ ।

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार  १२ : ०८ बजे

इन्डोनेसिया भूकम्प : मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी

लाबुआन बाजो- इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार

मुस्ताङ प्रदेश अस्पतालको एम्बुलेन्स आफैँ बिरामी

मुस्ताङ– मुस्ताङको एकमात्र २५ शय्याको प्रदेश अस्पताल जोमसोममा रहेको एम्बुलेन्स

जाजरकोट पहिरोः तीन जनाको मृत्यु, दुई बेपत्ता

काठमाडौँ – अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी

इन्डोनेसिया भूकम्प: नेपाल सरकार र नेपाली जनताका तर्फबाट गहिरो सहानुभूति र समवेदना

काठमाडौँ – इन्डोनेसियाको फ्लोरेस द्वीपमा गएको विनाशकारी ७.७ म्याग्निच्युडको भूकम्प

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्यमा वृद्धि भएको छ