बाढीले जीप बगाउँदा तीन यात्रु बेपत्ता « Khabarhub

बाढीले जीप बगाउँदा तीन यात्रु बेपत्ता


१३ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


678
Shares
  • change font
  • change font
  • change font

कुश्मा- पर्वतको कुश्मा नगरपालिका–७ र ८ को सिमानामा रहेको तमादीखोलामा आएको बाढीले पोखरा–बागलुङ सडकमा गुडिरहेको जीप बगाउँदा तीन यात्रु बेपत्ता भएका छन् ।

बागलुङबाट पोखरातर्फ जाँदै गरेको ग१ज ६२१३ नम्बरको जीप साँझ ६ः३० बजेतिर बाढीले बगाउँदा तीन पुरुषसहित गाडीसमेत बेपत्ता भएको हो । चार जना सवार उक्त जीपमा ड्राइभर भने हामफालेर बाँच्न सफल भएका छन् । जिल्ला प्रहरी कार्यालयका पर्वतका प्रहरी निरीक्षक केशव केसीका अनुसार जीप र हराइरहेका यात्रुको खोजी कार्य भइरहेको छ ।

घटनास्थलमा प्रहरी र सुरक्षाकर्मीले उद्धारकार्य जारी राखेका छन् । शनिबार साँझ परेको भीषण वर्षाका कारण उक्त खोलामा बाढी आएको हो । सडकमा पुल नभई कजवे पार गर्ने क्रममा जीप बगाएको हो ।

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार  ८ : १५ बजे

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक

पहिरोका कारण म्याग्दीका १९ घरमा क्षति

म्याग्दी । पछिल्लो तीन दिनदेखिको निरन्तरको झरीका कारण म्याग्दीको जनजीवन

त्रिशुलीको कटानले जोखिममा रागिनास

काठमाडौँ । त्रिशुली बाढीको कटानले गोरखाका दुई घर उच्च जोखिममा