नेकपा एसले आयोजना गर्ने ‘समाजवादी जागरण यात्रा’ को सम्पूर्ण तयारी पूरा « Khabarhub

नेकपा एसले आयोजना गर्ने ‘समाजवादी जागरण यात्रा’ को सम्पूर्ण तयारी पूरा


१३ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले ‘समाजवादी जागरण यात्रा–२०८०’ मेची–महाकाली अभियानको सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ ।

पार्टीले यही असोज १४ देखि २९ गतेसम्म गर्न लागेको अभियानको तयारीबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले झापाको काँकडभिट्टास्थित मेची नदीबाट सुरु गर्ने उक्त अभियानअन्तर्गत मेचीबाट महाकालीसम्मका सबै प्रदेशका प्रमुख सहरमा करिब ४० सभा तथा सम्मेलन हुने बताए । पार्टीका शीर्षनेता तथा कार्यकर्ताको सहभागितामा रहने अभियानको आइतबार पार्टीका अध्यक्ष माधवकुमार नेपालले शुभारम्भ गर्ने कार्यक्रम छ ।

साना–ठूला कोणसभा, आमसभा, जनतासँग अन्तरक्रिया गरिनेछ । कलाकारले सडक नाटक मञ्चन गर्ने उक्त अभियानका लागि मञ्च सजावट तथा अतिथि व्यवस्थापनलगायत सबै कार्य पूरा गरिएको उनले जानकारी दिए । कार्यक्रमकलाई प्रभावकारी बनाउन लागि स्वयंसेवक व्यवस्था गरिएको प्रमुख खतिवडाले बताए । पार्टीका वैचारिक दृष्टिकोण जनताका बीच लैजान गरिने अभियानमा यस अवधिमा करिब रु ५० लाख खर्च हुने उनले जानकारी दिए ।

कार्यक्रममा पार्टीका उपाध्यक्ष घनेन्द्र बस्नेतले अभियानका बारेमा निर्माण गरिएको गीत सार्वजनिक गर्दै यात्रामा रुपान्तरणकारी एजेण्डा, पार्टीले उठाउँदै आएका मुद्दा र कार्ययोजनाबारे जनतालाई बुझाइने बताए । उपमहासचिव डा विजय पौडेलले पार्टीले अवलम्बन गरेका वैचारिक दृष्टिकोण देशव्यापी रूपमा प्रचार–प्रसार गरी अभियानमा जनताको सुझावलाई सङ्कलन गरिने जानकारी दिए ।

पार्टी अध्यक्ष नेपालको नेतृत्वमा दुई हजार एक सदस्यीय समाजवादी जागरण यात्रा मूल व्यवस्थापन समिति गठन भएको छ । सोह्र दिनसम्म चल्ने यात्राका क्रममा पार्टीका शीर्षनेता सहभागी हुने कार्यक्रम छ । पहिलो दिन १४ असोजमा काकडभिट्टा, बिर्तामोड, दमक, उर्लाबारी वा पथरीमध्ये एक ठाउँ, विराटचोक मोरङमा सभा हुनेछ ।

यसैगरी १५ गते इटहरी, इनरुवा, भारदह, राजविराजमा सभा हुनेछ । त्यस्तै १६ असोजमा राजविराज, छिन्नमस्त, अर्नाह, भगवानपुर, सिरहा सदरमुकाम, बन्दीपुर र जदुकुहामा सभा आयोजना हुने कार्यक्रम रहेको छ । त्यस्तै १७ असोजमा जनकपुरमा पत्रकार सम्मेलन हुने र त्यसपछि सोही दिन जलेश्वर, ढल्केबर, बर्दिबास र लालबन्दीमा सभा हुनेछ । १८ असोजमा गरुडा, हर्नैया, कलैया र वीरगन्जमा सभा हुनेछ । त्यस्तै १९ असोजमा पथलैया, हेटौँडा, मनहरी, भण्डारा र भरतपुरमा सभा आयोजना हुनेछ ।

असोज २० मा कावासोती, बर्दघाट र परासी तथा २१ असोजमा भैरहवा र बुटवलमा सभा आयोजना हुनेछ । त्यस्तै सैनामैना, चन्द्रौटा, भालुवाङ, लमहीमा २२ असोजमा र घोराही, तुल्सीपुर र कोहलपुरमा २३ असोजमा सभा आयोजना हुनेछ ।

अभियानअन्तर्गत २४ असोजमा नेपालगन्ज, खजुरा, मैनापोखरा र गुलरियामा तथा २५ असोजमा राजापुर र टीकापुरमा सभा गर्ने एकीकृत समाजवादीको कार्यतालिका छ । त्यस्तै २६ असोजमा लम्की, सुख्खड, अत्तरिया र धनगढी तथा २७ असोजमा पुनर्वास, झलारी, लालपुर र महेन्द्रनगरमा सभा हुनेछ भने २८ असोजमा छिन्चु र २९ गते सुर्खेतमा अभियानअन्तर्गतका सभा आयोजना हुने पार्टीले जनाएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार  ८ : ५० बजे

लप्सीको रुखबाट लडेर वैतेश्वरका तामाङको मृत्यु 

दोलखा– लप्सी टिप्ने क्रममा रुखबाट खसेर गम्भीर घाइते भएका दोलखाको

प्रभु बैंकका सीईओ अशोक शेरचन हाजिरी जमानीमा छुटे

काठमाडौं- गत १४ मंसिरमा पक्राउ परेका प्रभु बैंकका सीईओ अशोक शेरचन

शान्ति सैनिकको अदलीबदली

काठमाडौं- संयुक्त राष्ट्रसङ्घको आह्वानमा मध्य अफ्रिकी गणतन्त्रमा परिचालन भएको नेपाली

प्रधानमन्त्रीले प्रमुख दलका नेताहरूलाई बालुवाटार बोलाइन्

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आगामी २१ फागुनको निर्वाचन

पर्यटकको आकर्षक गन्तव्य बन्दै खाँचीकोट हिल स्टेसन

अर्घाखाँची- अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका-७ मा खाँचीकोटमा रहेको खाँचीकोट हिल