भिण्डीले बजार नपाउँदा किसान चिन्तित « Khabarhub

भिण्डीले बजार नपाउँदा किसान चिन्तित


१४ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

रामपुर– व्यावसायिक उत्पादन गरिएको भिण्डी (रामतोरियाँ) ले बजार नपाउँदा यहाँका किसान चिन्तित बनेका छन् । घरायसी प्रयोजनका लागि मात्रै भिण्डी लगाउँदै आएका किसानले यसपटक व्यावसायिकरूपमा खेती गरेका थिए ।

पाल्पाको रामपुर नगरपालिका–६ स्थित प्याक्लुकमा करिब १२ रोपनी जग्गा भाडामा लिएर स्थानीय गङ्गाप्रसाद बस्याल, राधिका बस्याल र सिर्जना आचार्यले सामूहिकरूपमा भिण्डीखेती  गरेका थिए। अहिले उत्पादित भिण्डीले बजार नपाएको गङ्गाप्रसादले बताए ।

‘रामपुरको बजारलाई मध्यनजर गर्दै व्यावसायिक रामतोरियाँ खेती सामूहिकरूपमा सुरु गरियो, उत्पादन असाध्यै राम्रो छ, तर बिक्रीका लागि बजार छैन, बजार अभावमा  टिपेर त्यसै फाल्नुपरेको छ’, उनले भने।

हाल दैनिक न्यूनतम ५० किलोदेखि बढीमा एक सय ५० किलोसम्म भिण्डी उत्पादन भइरहेको उनले बताए । स्थानीय बजारमा बिक्री नभएपछि स्याङ्जाको वालिङ बजारमा सस्तो मूल्यमा ढुवानी खर्चेर पठाउन बाध्य भएको  आचार्य बताए ।

‘दिनहुँ भिन्डी उत्पादन भइरहेको छ, स्थानीय बजारका व्यापारीले यहाँको उत्पादन खरिद गर्दैनन्, सस्तो मूल्यमा बाहिर पठाउँदा लागत पनि उठाउन धौधौ परेको छ’, उनले भने, ‘बजारीकरणको राम्रो प्रबन्ध नहुँदा हामी किसानलाई मार खेप्नु परिरहेको छ ।’

गत जेठदेखि उत्पादन दिन थालेको भिन्डी हालसम्म ७५ क्विन्टलभन्दा बढी उत्पादन भइसकेको छ । यस क्षेत्रमा उत्पादन भएको भिण्डीको बजार मूल्य सरदरमा न्यूनतम प्रतिकिलो रु ४० देखि बढीमा रु एक सयसम्म रहेको छ । उत्पादन भएको भिण्डीमध्ये सात क्विन्टल भिण्डी रामपुर बजारमा खपत नभएको किसान बताउँछन् । बोटमा अझै पनि उत्पादन दिइरहेको छ । 

दैनिक भिण्डी टिपेर बाहिरका बजार खोज्दै पठाउनुपर्दा किसानलाई खेती गरेर लागत उठाउन समस्या परिरहेको छ । अहिलेसम्म भिण्डी बिक्रीबाट करिब रु तीन लाखसम्मको आम्दानी भएको राधिकाले बताउनुभएको छ । बजार अभावमा दुई क्विन्टलभन्दा बढी भिण्डी घरमै कुहाएर फाल्न बाध्य भएको उनले गुनासो गरे ।

अहिले भिण्डीको मूल्य बजारमा प्रतिकिलो रु ५० देखि ५५ रहेको किसान बताउँछन् । किसानले लागतअनुसारको मूल्य पनि पाउँदैनन् भने भनेको समयमा बजार सहज नहुँदा उत्पादन बेला–बेलामा त्यसै खेर फाल्नु परिरहेको छ । भिण्डीबाट राम्रो उत्पादन लिन सकिने सम्भावना छ । बजारीकरणको झन्झटले किसानले भरसक यसको व्यावसायिक खेती गर्न मन पराउँदैनन् । टिपेर धेरै दिनसम्म राख्न नमिल्ने भएकाले यसका लागि फल टिप्नेबित्तिकै बजार चाहिन्छ ।

रामपुरको बजारमा बुटवल, तराईलगायतका बाहिरका बजारबाट कृषि उपज भित्रिने गरेकाले व्यापारीले स्थानीय उत्पादनलाई महत्व दिँदैनन् । विषादी प्रयोग गरिएका सस्ता कृषि उपज खरिद गरी बिक्री गर्ने आदत परेका व्यापारीले स्थानीय उत्पादन भरसक खरिद गर्न खोज्दैनन् ।

 कालीगण्डकीबेँसीको मुख्य केन्द्रका रूपमा रहेको पाल्पाको रामपुर सहरीकरणका रूपमा विकास भइरहेको छ । यहाँ जनघनत्व बढ्दै गए पनि बाहिरबाट ठूलो परिमाणमा उपभोग्य सामग्री आयात भइराखेको छ । बाहिरी उत्पादनका वस्तुसँग स्थानीय वस्तुले प्रतिस्पर्धा गर्न नसक्दा बजार समस्या निम्तिएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ९ : ०५ बजे

निर्वाचन समीक्षापछि नेतृत्वको बहस गरौँला, वाम एकतालाई परिस्थिति अनुकूल छैन : प्रदीप ज्ञवाली

काठमाडौं- नेकपा एमालेका वैचारिक नेता प्रदीप ज्ञवाली अध्यक्ष केपी शर्मा

वर्षाका कारण नेपाल र यूएईबीचको खेल अवरुद्ध

काठमाडौं- टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत नेपाल र यूएईबीचको पहिलो खेल वर्षाका

सरोकार समितिले भन्यो- विपद् र साइबर बुलिङबारे गृहमन्त्रीसँग छलफल गर्छौँ 

काठमाडौं– राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले विपद्

नेपालको आठौँ विकेट पतन, शेर मल्ल आउट

काठमाडौं- टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत अहिले नेपाल र यूएईबीचको खेल जारी