जिल्ला अदालतद्वारा अभिनेता अनमोल केसीलाई तीन दिन हिरासतमा राख्न अनुमति « Khabarhub

जिल्ला अदालतद्वारा अभिनेता अनमोल केसीलाई तीन दिन हिरासतमा राख्न अनुमति


१४ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ जिल्ला अदालतले आपराधिक विश्वासघातको आरोपमा पक्राउ परेका अभिनेता अनमोल केसीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

न्यायाधीश कृष्णप्रसाद सुवेदीले उनलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएका हुन् ।

अनमोल केसीलाई जिल्ला अदालतले पक्राउ परेका दिनदेखि लागू हुने गरी तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

प्रहरीले उनलाई आपराधिक विश्वासघात गरेको आरोपमा शुक्रबार साँगाबाट पक्राउ गरेको थियो । १० लाख रुपैयाँ पेश्की लिएर ‘रावायण’ फिल्म खेल्न आनाकानी गरेपछि उनीविरुद्ध निर्माण युनिटले आपराधिक विश्वासघातको जाहेरी दिएका थिए ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ७ : ३४ बजे

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ – भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला

बाणगङ्गा नदीमा फसेका एक बालकको उद्धार, एक जना अझै बेपत्ता

कपिलवस्तु – बाणगङ्गा नदीमा गएको बाढीका कारण नदीको बीचमा रहेको