‘पाकिस्तान अधिनस्थ कश्मीरमा बस्नेहरुलाई जबरजस्ती अरु देशमा पलायन हुन बाध्य पारियो’ « Khabarhub

‘पाकिस्तान अधिनस्थ कश्मीरमा बस्नेहरुलाई जबरजस्ती अरु देशमा पलायन हुन बाध्य पारियो’


१४ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

जेनेभा- पाकिस्तान अधिनस्थ कश्मीरमा बसोबास गर्नेहरुलाई जबरजस्ती अन्य मुलुकमा पलायन हुन बाध्य पारिएको खुलासा भएको छ ।

स्विट्जरल्याण्डको जेनेभास्थित राष्ट्रसंघीय मानव अधिकार परिषदको बैठकमा शोधकर्ता एवम् कश्मीरी अभियन्ता जुनेद कुरेशीले पाकिस्तान अधिनस्थ कश्मीरका मानिसहरुलाई विदेश पलायन हुन बाध्य पारिएको बताए ।

भारतीय समाचार संस्था एएनआईका अनुसार केही महिनाअघि ग्रीसको तटपारी ७५० जना बोकेको डुङ्गा दुर्घटनाको उदाहरण दिँदै उनले उक्त डुङ्गामा सवार ३ सय जनामध्ये पाकिस्तान अधिनस्थ कश्मीरका मात्रै १३५ जना रहेको जनाए ।

यस्ता भयानक दुर्घटनाहरु पाकिस्तानी नागरिकका लागि बारम्बार दोहोरिने गरेको उनको भनाइ छ । पाकिस्तान अधिनस्थ कश्मीरमा बढ्दो बेरोजगारी, आर्थिक मन्दी, राजनीतिक एवम् जलवायु संकटका कारण मानिसहरु पलायन बाध्य हुने गरेको उनको भनाइ छ ।

उनले मानव तस्करी पाकिस्तानमा उद्योगको रुपमा विकसित भइरहेको भन्दै चिन्ता समेत व्यक्त गरे ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  २ : ५२ बजे

फ्रान्समा १५ वर्ष मुनिका बालबालिकामाथि सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध

काठमाडौं – फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले १५ वर्षमुनिका बालबालिकामाथि सामाजिक

केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

सुनसरी- इटहरीमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ। जिल्ला प्रहरी

सर्लाहीमा दादुरा सङ्क्रमण फैलियो

सर्लाही – मलङ्गवा नगरपालिका-३ मा दादुरा रोगको सङ्क्रमण फैलिएको छ।

प्रतिनिधिसभा निर्वाचन ३९ दिन बाँकी

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका