बालसुधार गृहबाट फरार दुवै बालकैदी पक्राउ « Khabarhub

बालसुधार गृहबाट फरार दुवै बालकैदी पक्राउ


१४ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज – वीरगञ्जस्थित बालसुधार गृहबाट फरार भएका दुई बाल कैदीलाई प्रहरीले पक्राउ गरेको छ । बालसुधार गृहको छतबाट गत शुक्रबार बिहान हामफालेर फरार भएका सप्तरीका पाण्डव यादव र सर्लाहीका अमरकान्त ठाकुरलाई ४८ घण्टापछि आज छुट्टाछुटै स्थानबाट प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले ठाकुरलाई सर्लाहीस्थित सीमा नाकाबाट गए राति र यादवलाई सिरहास्थित सीमा नाकाबाट आज पक्राउ गरिएको पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए । कर्तव्य ज्यान मुद्दामा ठाकुरलाई र जबर्जस्ती करणी मुद्दामा यादवलाई अदालतले दोषी ठहर गर्दै आचरण सुधारका लागि बाल सुधारमा पठाएको थियो ।

फरार भएपछि दुवै बाल कैदी वीरगञ्जको मुख्य भन्सार नाका शङ्कराचार्य गेट अगाडिबाट भारतको रक्सौलतर्फ गएको दृश्य नाकामा जडान गरिएको सिसिटिभीमा रेकर्ड भएको थियो ।

बालसुधार गृहमा ६० जनाको क्षमता भएकामा हाल दोब्बरभन्दा बढी एक सय २६ जना बालक तथा किशोरहरूलाई कोचेर राखिएको छ । जसका कारण गृहमा रहेका बालक तथा किशोरहरूमा स्वास्थ्य समस्यासँगै गृहलाई व्यवस्थापनमा समेत कठिनाइ भइरहेको बाल सुधार गृहका प्रमुख टीकाकृष्ण काफ्लेले बताए ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  १० : ४१ बजे

एमाले उपाध्यक्षमा बिन्दा पाण्डेको उम्मेदवारी, प्रस्तावकमा अष्टलक्ष्मी शाक्य

काठमाडौं- नेकपा एमालेकी नेतृ बिन्दा पाण्डेले पार्टीको उपाध्यक्ष पदमा उम्मेदवारी

जेन-जीको आन्दोलनपछि ओलीको रक्षा कवच बनेका महेशलाई सचिवको टिकट

काठमाडौं– भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनको बलमा दुईतिहाइको

कांग्रेसले नेता उपाध्यायको निधनमा पार्टीको झण्डा तीन दिन आधा झुकाउने

काठमाडौं– नेपाली कांग्रेसले लोकतान्त्रिक आन्दोलनका योद्धा, पार्टीका पूर्वकेन्द्रीय सदस्य तथा

काठमाडौं महानगरले मनायो ३१ औँ स्थापना दिवस (तस्बिरहरू)

काठमाडौं– आज काठमाडौं महानगरपालिकाले ३१ औँ स्थापना दिवस मनाएको छ ।

पुस महिनाका लागि वाणिज्य बैंकहरूको ब्याजदर घट्यो

काठमाडौं– चालु आर्थिक वर्षको पुस महिना लागि वाणिज्य अधिकांश बैंकहरूले