निर्माणधीन संघीय संसद् भवनका विषयमा सरोकारवालासँग छलफल हुने « Khabarhub

निर्माणधीन संघीय संसद् भवनका विषयमा सरोकारवालासँग छलफल हुने


१५ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले निर्माणधीन संघीय संसद् भवनका विषयमा सरोकारवाला निकायसँग छलफल गर्ने निर्णय गरेको छ ।

सोमबार निर्माणधीन संघीय संसद् भवनको अवलोकनपछि समितिले शहरी विकास मन्त्रालय, परामर्शदाता र निर्माण कम्पनीसँग प्रगति विवरण सहित छलफल गर्ने निर्णय गरेको हो । 

पटक पटक म्याद थप गर्दा पनि संघीय संसद भवनको निर्माणमा ढिलाई भइरहेको समितिको ठहर छ । अनुगमनका क्रममा समिति सदस्यहरूले कामदारहरूसँग निर्माणका लागि भएको समस्याका बारेमा जानकारी लिएको थियो । सिंहदरबारभित्र १७३ रोपनी क्षेत्रफलमा नयाँ संसद् भवन बनाउन २०७६ मा सम्झौता भएपनि निर्माणको काम अझै सम्पन्न हुन सकेको छैन । 

दुई पटक म्याद थप गर्दा पनि कामको गति बढेको नदेखिएकाले सरोकारवाला निकायसँग छलफल गर्ने निर्णय गरिएको समिति सभापति दीपक सिंहले जानकारी दिए ।

त्यस्तै चाडपर्व नजिकिँदै जाँदा मुलुकभरको राजमार्गका साथै यातायातको अग्रिम बुकिङका साथै बसको व्यवस्थाका बारेमा यातायात मन्त्रालयसँग छलफल गर्ने निर्णय गरिएको सभापति सिंहले बताए ।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  ४ : ०८ बजे

परराष्ट्रमन्त्री खनाल र बेलायतका मन्त्री मल्होत्राबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री

महोत्तरीमा डुबेर एकै दिन चार बालिकाको मृत्यु

महोत्तरी । महोत्तरीमा डुबेर चार जना बालिकाको मृत्यु भएको छ

एमाले सचिवालय बैठक शनिबार पुनः बस्ने

भक्तपुर – नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठकमा आज पाँच उपाध्यक्षहरूले

प्रधानन्यायाधीश शर्मालाई बारको ध्यानाकर्षण

काठमाडौं – प्रधानन्यायाधीश डा मनोजकुमार शर्मासमक्ष नेपाल बार एशोसियशनले ३९

कृष्ण बिकको ‘ढल्की ढल्की’ सार्वजनिक

काठमाडौं – गायक कृष्ण बिक र गायिका दिपिका बायम्बुको स्वर