महिला क्रिकेटमा फेरि अर्को लिगको घोषणा « Khabarhub

महिला क्रिकेटमा फेरि अर्को लिगको घोषणा


३ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एनसीएल स्पोर्टस् प्रालिको आयोजनामा महिला टी—२० क्रिकेट लिग विराटनगरमा हुने भएको छ । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी आयोजकले चैत १ देखि ९ गतेसम्म चल्ने जानकरी दिएको हो ।

विराटनगरको बैज्यनाथपुर मैदानमा हुने खेलमा नेपालका मुख्य चार शहरका ४ टिमले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।

नेपाली महिला क्रिकेटको विकासलाई ध्यानमा राखी प्रतियोगिता आयोजना गरिएको आयोजक एनसीएल स्पोर्टस् प्रालिका प्रबन्ध निर्देशक जय राज रायले बताए । ४ टोलीले प्रतिस्पर्धा गर्ने प्रतियोगितामा टिमहरुले अक्शन मार्फत् खेलाडी लिने उनले जानकारी दिए ।

प्रतियोगिता सञ्चालन हुने बैजनाथपुर मैदानको पुनः निर्माण भइरहेको र प्रतियोगिता समयसम्म बनिसक्ने आयोजकले बताएको छ । राष्ट्रिय महिला टोलीकी कप्तान रुविना क्षेत्रीले प्रतियोगिा हुनु खेलाडीका लागि राम्रो अवसर भएको बताइन् । “कुनै बेला खेलाडीहरुले राम्रो खेल्दा खेल्दै पनि हाम्रो क्षमता देखाउन पाएका थिएनों । यस्ता प्रतियोगिताले हामीले हाम्रो आफ्नो क्षमता देखाउन पाउने छौं,” कप्तान क्षेत्रीले भनिन् ।

राष्ट्रिय टोलीका कप्तान तथा यु—१९ र राष्ट्रिय महिला टोलीका प्रशिक्षक विनोद दासले नेपाली क्रिकेटका लागि राम्रो समय भएको बताए ।
“अहिले नेपाली क्रिकेटका लागि राम्रो समय हो । नेपालमा अहिले रु खेलभन्दा क्रिकेट चर्चामा छ । मैले थाइल्यान्डमा टि—२०स्म्यास लिग बाट फर्किएपछि नेपालमा महिला फ्रेन्चाईज्ड लिग हुन्छ भनेको थिए । तर, यति छिटो होला भन्ने आशा थिए,” प्रशिक्षक दासले अगाडि भने, “हिजो एउटा लिगको घोषणा भयो । आज अर्को यी प्रतियोगिताले निरन्तरता पाउन् ।”

प्रशिक्षक दासले नेपाली क्रिकेटका लागि सबैभन्दा चूनौतिका रुपमा व्यवस्थापन रहेको र त्यसलाई सबैले आ—आफ्नो हटबाट पछि हटेर समाधान गर्नतर्फ लाग्नु पर्ने बताए । “नेपाली क्रिकेटमा सबै मिलीरहँदा पनि व्यवस्थापनमा देखिएको समस्या ‘हलो’ अड्केजस्तो भएको छ । त्यसले समाधान पाउन सकेको अवस्थामा नेपवाली क्रिकेटले अन्तराष्ट्रिय स्तरमा सफलता हासिल गर्नेछ,” प्रशिक्षक दासले भने ।

प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार  ७ : ४३ बजे

मेस्सीले सन्न्यास लिँदा रोनाल्डो भावुक

काठमाडौं- अन्तर्राष्ट्रिय फुटबलबाट औपचारिक बिदाइ लिएका लियोनल मेस्सीप्रति क्रिस्टियानो रोनाल्डोले

भृकुटीमण्डपमा बजाज ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल

काठमाडौं– नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी

बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छ : सञ्चारमन्त्री 

काठमाडौँ-  सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली उत्पादनको मौलिकता, पहिचान

कांग्रेस महाधिवेशन : मतदानका लागि तयार मतपेटिका (तस्बिरहरू)

काठमाडौं– कांग्रेस १५ औँ महाधिवेशनमा मतदानका लागि मतदानस्थल र मतपेटिका

कांग्रेस महाधिवेशनमा एक जनालाई मतदान गर्न आधा घण्टा मिनेट लाग्ने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनको निर्वाचन प्रक्रियामा एक जना मतदातालाई