ग्रामीण सडक निर्माणले कर्णाली राजमार्गमा क्षति « Khabarhub

ग्रामीण सडक निर्माणले कर्णाली राजमार्गमा क्षति


१६ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्ला, कालीकोट र मुगुका स्थानीय तहमा भइरहेको ग्रामीण सडक निर्माणले कर्णाली राजमार्गमा क्षति पुगेको छ । 

पछिल्लो समयमा यहाँका स्थानीय तहमा गाउँगाउँमा जोड्ने ग्रामीण सडक निर्माणको होडबाजीले कर्णाली राजमार्गलाई क्षति पुर्‍याएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दीपेन्द्र बिष्टको भनाइ छ । 

मुख्य राजमार्गलाई ख्यालै नगरी जथाभावी सडक निर्माण गरिँदा वर्षा तथा हिमपातका बेला पहिराले राजमार्गमा क्षति पुर्‍याएको उनको भनाइ छ । कार्यालय प्रमुख बिष्टले भने, ‘मापदण्ड विपरीत ग्रामीण सडक निर्माणले राजमार्गलाई जोखिममा पारेको छ’, उनले भने, ‘सडक डिभिजन जुम्लाको कार्यक्षेत्रमा पर्ने कालीकोटको शुभकालिका गाउँपालिका, खाँडाचक्र र तिलागुफा नगरपालिका, तिला तातोपानी, चन्दननाथ, हिमा, सिञ्जा र कनकासुन्दरी गाउँपालिका र मुगुमा पर्ने छायानाथ रारा नगरपालिकामा भएका ग्रामीण सडक निर्माणले राजमार्गमा असर पुगेको छ ।’

सार्वजनिक सडक ऐन २०३१ बमोजिम राजमार्गबाट पहुँच सडक बनाउनका लागि स्वीकृति र कार्यालयसँग समन्वय गरी सडक निर्माण गर्न भनी परिपत्र गरिए पनि कुनै स्थानीय तहले कार्यान्वयन नगरेको कार्यालय प्रमुख बिष्टको भनाइ छ ।

कालीकोटको शुभकालिका गाउँपालिकाले साविक कर्णाली राजमार्गको दहीखोला नजिकैबाट गाउँ जाने सडक बनाएको कारण राजमार्गमा ढुङ्गाहरू खसेर सडकमा क्षति भएको छ । साथै वर्षाको समयमा हिलो राजमार्गको सडकमा आई सडक अवरुद्ध हुने गरेको छ ।

त्यस्तै तिलागुफा नगरपालिकाको फोइमहादेव जाने सडक निर्माणले वर्षाको समयमा माटो र पानीसँगै लेदो बनेर सडकमा खस्ने गरेकाले भीग्ममा वर्षाको समयमा सधैँजसो सडक अवरुद्ध भई हिलो सफा गर्दै यातायात पुनः सञ्चालन गर्नुपर्ने अवस्था आएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख बिष्टले जानकारी दिए । 

तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले भने राजमार्गलाई कुनै असर नगरी ग्रामीण सडक निर्माण गरेको दाबी गरे । ‘राजमार्गबाट सडकको ट्र्याक खुलाई गाउँ–गाउँमा सडक निर्माण गरिनु पर्छ । ग्रामीण सडक निर्माण गर्दा राजमार्गलाई विशेष ध्यानमा राखेर काम गरिएको छ’, उनले भने ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  ४ : १५ बजे

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन

विचारमा स्पष्टता नै माओ दिवसको सार्थक अर्थ हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी( नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं – सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य