ग्रामीण सडक निर्माणले कर्णाली राजमार्गमा क्षति « Khabarhub

ग्रामीण सडक निर्माणले कर्णाली राजमार्गमा क्षति


१६ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्ला, कालीकोट र मुगुका स्थानीय तहमा भइरहेको ग्रामीण सडक निर्माणले कर्णाली राजमार्गमा क्षति पुगेको छ । 

पछिल्लो समयमा यहाँका स्थानीय तहमा गाउँगाउँमा जोड्ने ग्रामीण सडक निर्माणको होडबाजीले कर्णाली राजमार्गलाई क्षति पुर्‍याएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दीपेन्द्र बिष्टको भनाइ छ । 

मुख्य राजमार्गलाई ख्यालै नगरी जथाभावी सडक निर्माण गरिँदा वर्षा तथा हिमपातका बेला पहिराले राजमार्गमा क्षति पुर्‍याएको उनको भनाइ छ । कार्यालय प्रमुख बिष्टले भने, ‘मापदण्ड विपरीत ग्रामीण सडक निर्माणले राजमार्गलाई जोखिममा पारेको छ’, उनले भने, ‘सडक डिभिजन जुम्लाको कार्यक्षेत्रमा पर्ने कालीकोटको शुभकालिका गाउँपालिका, खाँडाचक्र र तिलागुफा नगरपालिका, तिला तातोपानी, चन्दननाथ, हिमा, सिञ्जा र कनकासुन्दरी गाउँपालिका र मुगुमा पर्ने छायानाथ रारा नगरपालिकामा भएका ग्रामीण सडक निर्माणले राजमार्गमा असर पुगेको छ ।’

सार्वजनिक सडक ऐन २०३१ बमोजिम राजमार्गबाट पहुँच सडक बनाउनका लागि स्वीकृति र कार्यालयसँग समन्वय गरी सडक निर्माण गर्न भनी परिपत्र गरिए पनि कुनै स्थानीय तहले कार्यान्वयन नगरेको कार्यालय प्रमुख बिष्टको भनाइ छ ।

कालीकोटको शुभकालिका गाउँपालिकाले साविक कर्णाली राजमार्गको दहीखोला नजिकैबाट गाउँ जाने सडक बनाएको कारण राजमार्गमा ढुङ्गाहरू खसेर सडकमा क्षति भएको छ । साथै वर्षाको समयमा हिलो राजमार्गको सडकमा आई सडक अवरुद्ध हुने गरेको छ ।

त्यस्तै तिलागुफा नगरपालिकाको फोइमहादेव जाने सडक निर्माणले वर्षाको समयमा माटो र पानीसँगै लेदो बनेर सडकमा खस्ने गरेकाले भीग्ममा वर्षाको समयमा सधैँजसो सडक अवरुद्ध भई हिलो सफा गर्दै यातायात पुनः सञ्चालन गर्नुपर्ने अवस्था आएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख बिष्टले जानकारी दिए । 

तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले भने राजमार्गलाई कुनै असर नगरी ग्रामीण सडक निर्माण गरेको दाबी गरे । ‘राजमार्गबाट सडकको ट्र्याक खुलाई गाउँ–गाउँमा सडक निर्माण गरिनु पर्छ । ग्रामीण सडक निर्माण गर्दा राजमार्गलाई विशेष ध्यानमा राखेर काम गरिएको छ’, उनले भने ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  ४ : १५ बजे

जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

टोकियो- उत्तरी जापानमा सोमबार ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि जापान

‘वर्ल्ड अफ डान्स’ नेपालमा हुने, ग्रान्ड जज भारतका टेरेन्स लुइस

काठमाडौं – डान्सिङ रियालिटी शो ‘वर्ल्ड अफ डान्स’ को नेपाल

भन्सारमा कडाइ : उपभोक्ता विरोधमा उत्रिँदा व्यवसायी भने उत्साहित, बढ्नसक्छ राजस्व

काठमाडौं– सरकारले केही दिन यता भारतबाट आउने वस्तुको भन्सार जाँचपासमा

गृहमन्त्रीबारे रवि र बालेनसँग राजेन्द्रले खोजे जवाफ

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी समाप्त पार्न

अमेरिका र इरानबीचको दोस्रो चरणको शान्ति वार्ता अन्यौलमा

काठमाडौं- पाकिस्तानमा हुने भनिएको अमेरिका र इरानबीचको दोस्रो चरणको शान्ति