राष्ट्रियताको मुद्दामा सबै एकढिक्का हुन जरुरी : अध्यक्ष ओली « Khabarhub

राष्ट्रियताको मुद्दामा सबै एकढिक्का हुन जरुरी : अध्यक्ष ओली


१६ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय एकतालाई मजबुत तुल्याउन राष्ट्रिय मुद्दामा सबै एकजुट हुनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा समय माग गरी बोल्दै उनले देश र जनताको सर्वोपरि हितलाई केन्द्रमा राखेर राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डताको विषयमा एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

‘म सबै राजनीतिक दलका माननीय सदस्य ज्यूहरूलाई आग्रह गर्न चाहन्छु राष्ट्रिय एकता, सद्भाव र सहिष्णुताका विषयमा एक हौँ”, एमाले अध्यक्ष ओलीले भने, ‘राष्ट्रका हितहरुलाई सर्वोपरि राख्दै विकासका प्रयासमा एकजुट होऔँ, सार्वभौमसत्ता, स्वाधीनता, भौगोलिक अखण्डतालाई कमजोर पार्ने कार्यान्वयन सामाजिक सद्भाव कायम राख्न सबै गम्भीर हुनुपर्छ ।’

मित्रराष्ट्र मुलुकहरुसँगको सम्बन्धलाई सुमधुर तुल्याई, कूटनीतिक सम्बन्धलाई बलियो र थप प्रगाढ तुल्याउन लागिपर्ने उल्लेख गर्दै उनले परराष्ट्र नीतिमा एक दृष्टिकोण बनाई नेपालको स्वाभिमान र गरिमा बढाउन सबै लाग्नुपर्ने खाँचो औंल्याए।

एमाले अध्यक्ष ओलीले आम जनतामा राजनीतिक दल, प्रणाली, संविधानप्रतिको विश्वास अभिवृद्धि गर्दै अहिलेसम्मका राजनीतिक उपलब्धि संस्थागत गर्न र विकास निर्माणलाई प्रभावकारी बनाउन आग्रह गरे ।

विकास निर्माणका कामले गति लिन नसकेको, समयमै भुक्तानी नहुँदा निर्माण कम्पनीलाई ऋण तिर्न कठिनाइ भएको प्रसङ्ग उल्लेख गर्दै उनले सुशासन प्रवर्द्धन, भ्रष्टाचार नियन्त्रण र आर्थिक विकास र समृद्धिको यात्रामा सक्रियतापूर्वक लाग्न सरकारको ध्यानाकर्षण गराए ।

अध्यक्ष ओदलीले एसिड आक्रमणकारीलाई रिहा गरिएको, कैदीबन्दीलाई आममाफी दिइएको र सुनकाण्डका आरोपीलाई छाडिएको भन्दै आपत्ति प्रकट गरे। उनले सुशासन सरकारको नियमित काम भएकाले यसलाई निरन्तरता दिएर शासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने धारणा राखे।

सुशासनको अभियानमा प्रतिपक्षले विरोध गरेको भनी आरोप लाग्नेगरेको उनले उल्लेख गरे। एमाले अध्यक्ष ओलीले कोशी प्रदेश सभामा देखिएका गतिविधि संविधानको भावना अनुरूप नभएको जिकिर गरे । कानुनी राज्य र विधिको शासन स्थापित गर्न सबै गम्भीर हुनुपर्नेमा जोड दिए। उनले प्रतिपक्षले उठाएका कतिपय विषयलाई मजाकको रुपमा लिने गरिएको गुनासो गर्दै संसद्लाई प्रभावकारी बनाउन आग्रह गरे ।

बजारमा महंगी बढेको, किसानले मल बिउ नपाएकोलगायत जनसरोकारका विषयमा सरकार गम्भीर हुनुपर्ने धारणा राखे । संसद् बैठक लामो समय सञ्चालन नभएकोमा पनि अध्यक्ष ओलीले टिप्पणी उनले संसद्लाई बिजनेस दिएर प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराए। उनले न्यायलयलाई स्वतन्त्र, मर्यादित र विश्वासयोग्य बनाइनुपर्ने खाँचो औंल्याए ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  ५ : ०७ बजे

रौतहटमा १२ हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर पल्टिएर आगलागी, चालक सकुशल

काठमाडौँ – पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत रौतहटको गुजरा नगरपालिका–३ मा बिहीबार

धनुषा जिल्ला अदालतद्वारा पाँच हजार २१६ मुद्दा फर्स्योट

जनकपुरधाम– धनुषा जिल्ला अदालत जनकपुरधामले गत आर्थिक वर्ष (आव) २०८२–८३

गोरखाको १२ किलोमा पहिरो: पेट्रोल पम्पमा क्षति

गोरखा – लगातारको वर्षाका कारण आज बिहान गएको पहिरोले गोरखा

बझाङ–बनलेक ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने

काठमाडौँ– कुल दुई हजार ५०० मेगावाट बराबरको बिजुली प्रवाहका लागि

मेसी बने लिग्स कप इतिहासकै सर्वाधिक गोलकर्ता

काठमाडौँ – फिफा विश्वकपको थकान मेटाएर फर्किएका कप्तान लियोनेल मेसीको