पोल खोल्ने डरले कान्ती देवीको हत्या, तीन जना पक्राउ « Khabarhub

पोल खोल्ने डरले कान्ती देवीको हत्या, तीन जना पक्राउ


१६ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

वीरगंज – पर्साको जगनाथपुर गाउँपालिका मसिहानी टोलकी कान्ती देवी वीनको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मृतकका जेठाजुहरू चन्द्रीका राउत विन, अमेरीका राउत विन र चन्द्रीका छोरा लालबाबु राउत विनले

मृत अवस्थामा फेला परेकी कान्ती देवी बिनको आफन्तबाटै पैसा लुट्ने उद्देश्यले हत्या भएको प्रहरीले जनाएको छ । जगरनाथपुर गाउँपालिका वडा नम्बर ५ मसिहानीमा एक्लै बस्दै आएकी कान्ती देवी असोज १ गते मृत अवस्थामा फेला परेकी थिइन् ।

मृतकका छोरा अर्जुन मुखिया विन विदेशबाट घर आएपश्चात् लालबाबु राउत विनको नाममा किटानी जाहेरी दरखास्त दिएको र सोही आधारमा लालबाबुले हत्यामा आफ्नो संलग्नता स्वीकारेसँगै उनको बयानको आधारमा मृतकका जेठाजुहरू अमेरिका र चन्द्रिका पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रहरीसँगको बयानमा अभियुक्तहरूले हत्या गरेको स्वीकार गरेपछि उनीहरूलाई समेत पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको हो। तीनै जना अभियुक्तहरूले घटनामा आफ्नो संलग्नता रहेको स्वीकार गरेसँगै अभियुक्तहरूलाई प्रहरीले असोज १४ गते जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान जारी राखेको छ ।

अभियुक्तहरूले मृतकको घरमा चोरी गर्ने योजना बनाएर सुरुङ खनी भित्र प्रवेश गरेको र बाक्सा फोर्न लाग्दा मृतक निद्राबाट बिउँझिएसँगै आफ्नो पोल खुल्ने डरले टाउकोमा रड र काठको फलेक प्रहार गरी बेहोस बनाएपश्चात् सिरानीले मुख थुनेर खुर्पीले घाटी रेटी हत्या गरेको अभियुक्तहरूले प्रहरी समक्ष बयान दिएका छन् ।

 

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  १० : ०८ बजे

ईश्वर पोखरेल समूहबाट सुरेन्द्र पाण्डेले महासचिवमा प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत जारी बन्द सत्रमा

कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक यही मङ्सिर

मुम्बईमा मेस्सी र सचिनको भेट, वानखेडेमा गुन्जियो ‘बार्सिलोना’को नारा

काठमाडौं – अन्तर्राष्ट्रिय फुटबल सुपरस्टार लियोनल मेस्सी र भारतीय क्रिकेट

एमाले महाधिवेशनः पृथ्वीसुब्बाको संयोजकत्वमा माइन्युट कमिटी गठन

काठमाडौं – नेकपा (एमाले)ले एघारौँ महाधिवेशनको निर्णय र छलफलहरूलाई औपचारिक

बालेनको आवाज रहेको ‘आम नेपाली बुवा’ र्‍याप सार्वजनिक (भिडियोसहित)

काठमाडौं – चलचित्र ‘झरीपछिको इन्द्रेणी’को गीत ‘आम नेपाली बुबा’ सार्वजनिक