बझाङ भूकम्प अपडेट : एक जनाको मृत्यु, ११ जना घाइते, १३५ घरमा क्षति | Khabarhub Khabarhub

बझाङ भूकम्प अपडेट : एक जनाको मृत्यु, ११ जना घाइते, १३५ घरमा क्षति


१७ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बझाङ– बझाङमा भूकम्पबाट एक जनाको मृत्यु गएको छ । मृत्यु हुनेमा जयपृथ्वी नगरपालिका–११ ओखलकी ४० वर्षीया गुनमति धामी रहेकी छिन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक दिपेश चौधरीका अनुसार मङ्गलबार गएको भूकम्पपछिको पहिरोमा परेर धामीको मृत्यु भएको हो ।

बझाङमा भूकम्पबाट ११ जना घाइते भएका छन् । दुई जना उपचारपछि घर फर्किएका छन् भने नौ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । 

घाइते हुनेमा जयपृथ्वी नगरपालिका–११ की सात वर्षीया सलिना जोशी, सोही ठाउँकी प्रमिला जोशी, खप्तडछान्ना गाउँपालिका–७ की सुनिता रोकाया, जयपृथ्वी नगरपालिका–७ का तीन वर्षीय नितिक बोहारा, सोही ठाउँकी एलिसा बम, मष्टा–३ की आँसु रोकाया, मष्टा–१ की १३ वर्षीया सविता रोकाया, सोही ठाउँकी शान्तिदेवी थापा, दुर्गाथली गाउँपालिका–६ का अम्मर जाग्री, तलकोट गाउँपालिका–३ का कमल कडाल र जयपृथ्वी नगरपालिका–१० की रमा परियार रहेका छन् ।

प्रहरीका अनुसार भूकम्पबाट बझाङमा एक सय ३५ संरचनामा क्षति पुगेको छ । प्रहरी निरीक्षक चौधरीका अनुसार थलारामा ६० घरमा क्षति पुगेको छ । 

केदारस्यूँमा एक, वित्थडचिरमा दुई तथा बुङ्गल नगरपालिकामा चार घर पूर्णरूपमा क्षति भएका छन् । जयपृथ्वी नगरपालिकामा ४१ घरमा क्षति पुगेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  ८ : ४६ बजे

उपेन्द्र निस्किए, प्रदीप आजै स्वास्थ्यमन्त्री

काठमाडौं– जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले स्वास्थ्य मन्त्रालयबाट राजीनामा दिएका

राजीनामा दिनुअघि महन्थलाई भेट्न पुगेका उपेन्द्रले पाएनन् लोसपाको साथ 

काठमाडौं– सरकारबाट बाहिरिनु अगाडि उपेन्द्र यादवले महन्थ ठाकुरको घरमै पुगेर

अनमोल र सन्तोषको भेट : अर्को वर्षका लागि माहोल

काठमाडौं– अभिनेता अनमोल केसी र निर्देशक सन्तोष सेनको एक साता

ब्ल्याक होलमा खसेपछि के हुन्छ : नासाले बनायो ३६० डिग्रीको यस्तो भिडियो

काठमाडौं– अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले बनाएको एउटा सिमुलेशनका माध्यमबाट मानिसहरूले

मोहन्यालका ग्रामीण सडकको स्तरोन्नति 

गोदावरी– कैलालीको पहाडी भेगमा पर्ने मोहन्याल गाउँपालिका क्षेत्रभित्रका ट्रयाक खोलिएका