एकदिवसीय विश्वकप क्रिकेट आजदेखि सुरु हुँदै « Khabarhub

एकदिवसीय विश्वकप क्रिकेट आजदेखि सुरु हुँदै


१८ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


930
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ । एकदिवसीय विश्वकप १३औँ संस्करणको भारतस्थित नरेन्द्र मोदी स्टेडियममा उद्घाटन हुनेछ ।

प्रतियोगिताको उद्घाटन खेलमा इङ्ग्ल्यान्ड र न्युजिल्याण्ड भिड्ने छन् । सो खेल नेपाली समयअनुसार दिउँसो सवा २ बजे सुरु हुनेछ । इङ्ल्यान्ड साविक विजेता टोली हो भने न्युजिल्याण्ड उपविजेता टोली हो ।

विश्वकपका खेलहरू भारतका १० वटा सहर– अहमदाबाद, धर्मशाला, नयाँ दिल्ली, मुम्बई, पुने, चेन्नाई, हैदराबाद, कोलकाता, लखनउ र बेङ्लोरमा हुनेछन् ।

विश्वकपमा भारत, अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इङ्ग्ल्यान्ड, नेदरल्याण्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलङ्का गरी १० वटा देश सहभागी छन् ।

राउन्ड रोबिनका आधारमा हुने प्रतियोगितामा सबै देशले एक अर्कासँग खेल्नेछन् । प्रतियोगितामा १० वटा टोलीबीच ४८ खेल हुनेछ । शीर्ष चारमा पर्ने देश सेमिफाइनलमा पुग्नेछन् । 

प्रतियोगिता नोभेम्बर १९ तारिखसम्म चल्नेछ ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहीबार  ७ : ५५ बजे

रास्वपाले टुंग्यायो ३३ क्षेत्रका उम्मेदवार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

यसरी छानिँदै छ निर्वाचन प्रहरी (तस्बिरहरू)

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयहरूमा दरखास्त फाराम दर्ता

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कतिले बढ्यो ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार

प्रतिनिधिसभा समानुपातिकतर्फ करिब ९० लाख मतपत्र छपाई

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको