हरेक कठिन परिस्थितिमा कांग्रेसको भूमिका निर्णायक : मिनेन्द्र रिजाल « Khabarhub

हरेक कठिन परिस्थितिमा कांग्रेसको भूमिका निर्णायक : मिनेन्द्र रिजाल


१८ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले देशका हरेक कठिन परिस्थितिमा कांग्रेसको भूमिका निर्णायक भएको बताएका छन् ।

कांग्रेस ताप्लेजुङ प्रदेश क्षेत्र (१) को क्षेत्रीय सम्मेलनलाई बुधबार सम्बोधन गर्दै उनले ऐतिहासिक परिवर्तनमा कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे ।

देशका हरेक ऐतिहासिक परिवर्तनमा पार्टीको निर्णायक भूमिका रहेको र यसलाई कायम गर्दै जाने बताए ।

मुलुकका हरेक कठिन परिस्थितिको सामना गर्न नेपाली कांग्रेस अग्रसर रहँदै आएको उल्लेख गर्दै उनले आगामी समयमा समेत मुलुक परिवर्तनमा कांग्रेसको भूमिका निर्णायक र महत्वपूर्ण हुनेमा विश्वास व्यक्त गरे ।

राजनीतिक स्थायित्व कायम गर्दै मुलुकलाई समृद्धितर्फ अघि बढाउन पार्टीको महत्वलाई जोड दिएका नेता रिजालले विभिन्न विषयलाई लिएर कतिपय नेता कार्यकर्तामा देखिएका असन्तुष्टि र समस्यालाई छलफल र संवादमार्फत नै अन्त्य गरेर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहीबार  ९ : ५२ बजे

जेन-जी आन्दोलनका सात जना घाइतेको वर्गीकरण सिफारिस

चितवन– गत भदौ २३ र २४ गते भएको जेन-जी प्रदर्शनका

ओलीको फोटो राख्दै योगेशको सन्देश : एमालेले संयम् र धैर्यताका साथ अघि बढ्नु पर्छ

काठमाडौं- नेकपा एमालेका नेता योगेश भट्टराई पार्टीको एघारौँ महाधिवेशनमा इतर

कांग्रेसद्वारा प्रत्यक्षतर्फ आठ जनाको नाम सिफारिस

अर्घाखाँची– नेपाली कांग्रेस अर्घाखाँचीले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

अमेरिकाले स्थगित गर्‍यो डीभी कार्यक्रम

काठमाडौं- अमेरिकाले डाइभर्सिटी भिजा (डीभी) कार्यक्रम स्थगित गरेको छ ।

बैतडीका महिला व्यावसायिक रूपमा बेसारखेती गर्दै

दशरथचन्द– बैतडीका महिला व्यावसायिक रूपमा बेसारखेती गर्न थालेका छन् । विगतमा