चाडपर्व नजिकिएसँगै बजार अनुगमनलाई तिव्रता « Khabarhub

चाडपर्व नजिकिएसँगै बजार अनुगमनलाई तिव्रता


१८ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

लमजुङ– चाडपर्व नजिकिएसँगै बजार अनुगमनलाई तिव्रता दिन थालिएको छ । जिल्ला अनुगमन टोलीले लमजुङका विभिन्न पसलमा दिनहुँजसो अनुगमन थालेको हो ।

अनुगमनको क्रममा मंगलबार बेसीशहर बजारका १२ वटा पसलहरू अनुगमन गरेको थियो । बेँसीसहर ७ पुरानो बैक चोक देखि भिमसेन स्थान सम्मका यटीका पसलमध्य ५ वटा स्टोर्स, २ वटा फ्रेस हाउस, २ वटा किराना एण्ड तरकारी पसल, १ वटा किराना पसल, १ वटा वर्डस, १ वटा मसला उद्योग अनुगमन गरिएको थियो । अधिकांश पसल मापदण्डविपरीत भेटिएको छ। 

अनुगमन क्रममा दर्ता विना सञ्चालन भएका, म्याद गुज्रेका खाद्य सामाग्री र लेभलिङ नम्वर मेटिएको, इजाजत पत्र नलिई बिक्री वितरण गरिएको ४ वटा किराना तथा फलफूल पसल, मासु पसल र किराना पसललाई कारवाही स्वरुप जरिवाना गरिएको पर्यटन तथा उद्योग कार्यालयका प्रमुख मिताकुमारी थापाले बताइन्। उनका अनुसार ४ वटा पसलबाट ११ हजार रुपैयाँ जरिवाना गरिएको छ ।

अनुगमनमा अधिकांश पसलहरूमा मूल्यसुची नराखेको पाइएकाले मूल्यसूची राख्न निर्देशन दिइएको प्रमुख थापाले बताइन्। उपभोग्य मिति भएको मात्र खाद्य सामाग्री विक्री वितरण गर्न तथा मुल्य सुची अपडेट गर्न सुझाव दिइएको छ । यस्तै लेभलिङ भएका खाद्य सामाग्री मात्र बिक्री वितरण गर्न, दर्ता विना सञ्चालन नगर्न, व्यवस्थित रुपमा खाद्य र अखाद्य समाग्रीहरु छुट्छुटै राख्न, म्याद गुज्रेका खाद्य सामाग्री बिक्री वितरण नगर्ना, ईजाजतपत्र लिएर मात्र सुर्तिजन्य पदार्थ र चुरोट बिक्री वितरण गर्न, सरसफाइमा ध्यान दिन, दर्ता प्रमाणपत्र र व्यवसायको पूजी मिलाउन सुझाव दिइएको छ ।

उक्त अनुगमनमा पर्यटन तथा उद्योग कार्यालयका प्रमुख मिताकुमारी थापाको नेतृत्वमा अनुगमन गरिएको हो । जिल्ला अनुगमन टोलीले असोज महिनामा मात्रै ४ पटक ५४ वटा पसलको अनुगमन गरेको थियो भने साउन महिनामा २ पटक बजार अनुगमन गरिसकेको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहीबार  १२ : ३४ बजे

प्रधानमन्त्री एक्लिएको फेसबुके स्टाटसबारे रविको जवाफ : उहाँ त गीतकार पनि हो नि !

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले तत्कालै वालेन्द्र शाह

एक वर्षमा चौध करोडको जडीबुटी निर्यात

झापा– एक वर्षमा १४ करोड छ लाख ८३ हजार रुपैयाँको

आशिकालाई प्रश्न : हिजो किन रिसाउनु भयो ? जवाफमा भनिन् : पिशाव फेर्न जान नपाउनू

काठमाडौं- मंगलबार बसेकव प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालसँग रिसाएर हिँडेकोबारे

स्वर्णिमले बिजुलीमा भ्याट लगाए, अब विराजभक्तले महसुल घटाउँदै

काठमाडौं- चालु आर्थिक वर्षको बजेटमार्फत् अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बिजुलीमा

वालेन्द्रको खोजी भएपछि रविको जवाफ : कुरा गरेको छु, अर्को बैठकदेखि आउनुहुन्छ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठकमा प्रधानमन्त्री एवम् संसदीय