सेयर बजारमा ११.०४ अंकको गिरावट « Khabarhub

सेयर बजारमा ११.०४ अंकको गिरावट


१८ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सेयर बजारमा निराशाको तस्विर देखिएको छ । बजार सुधारका लागि नियामकले कुनै पनि कदम नचालेपछि लगानीकर्ता निराश भएका छन् ।

बिहीबार नेप्से सूचक ११.०४ विन्दुले घटेर १९५६.९२ अंकमा आएको छ । १ अर्ब १० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । म्युचुअल फन्डबाहेक बाँकी सबै समूह घटेका छन् । 

 क्रेताहरू निष्कृय बस्दा बजारको ओरालो यात्रा जारी रहेको हो । सेयर बजार सुधारका लागि तत्काल नीतिगत सुधार आवश्यक रहेको जानकारहरूले बताएका छन् । 

लगानीकर्ताले १२ करोडको क्याप हटाउन, १५० प्रतिशतको जोखिम भार १०० प्रतिशतमा झार्न अनि ब्याजदर घटाउने टुल्स प्रयोग गर्न माग गर्दै आएका छन् । तर यी ३ मध्ये अहिलेसम्म एउटा पनि समस्या समाधान गरिएको छैन । 

सरकार र नियामक निकायका पदाधिकारी चुपचाप बस्दा बजार दबाबमा परेको हो । लगानीकर्ताले भने बजार पुँजीकरणका आधारमा हेर्दा करिब १४ खर्ब रुपैयाँ गुमाइ सकेका छन् । यसअघि ४४ खर्ब हाराहारीमा पुगेको बजार पुँजीकरण अहिले ३० खर्ब नजिक झरिसकेको छ । 

यस दिन २८० कम्पनीको ३५ लाख ६२ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ४ करोड ४३ लाख रुपैयाँसहित कारोबार रकममा सिटिजन लाइफ इन्सुरेन्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नबिल बैंक र सोल्टी होटेल परेका छन् ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहीबार  ४ : ०७ बजे

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख खड्कालाई मानव अधिकार आयोगको बोलावट

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका

प्राधिकरणको प्रष्टीकरण- राहुघाट जलविद्युत आयोजना सञ्चालनमा आउन १० दिन लाग्छ

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले असोज ९ गतेदेखिको अविरल वर्षाका कारण

साढे तीन महिनापछि सुकेटारमा हवाई उडान

ताप्लेजुङ– ताप्लेजुङको सुकेटार विमानस्थलमा साढे तीन महिनापछि नियमित रुपमा हवाई

बाढीपहिरोले गुल्मीका ग्रामीण सडक अवरुद्ध

गुल्मी– एक सातादेखिको अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गुल्मीका मुख्य

अपाङ्ग नवजीवन केन्द्रका विद्यार्थीलाई शिवम् सिमेन्टको न्यानो कपडा तथा शैक्षिक सामग्री

काठमाडौं– शिवम् सिमेन्ट्स लिमिटेडले अपाङ्ग नवजीवन केन्द्रमा अध्ययनरत विशेष क्षमता