श्रीलंकाको केन्द्रीय बैंकले अक्टोबरमा घटायो नीतिगत ब्याजदर | Khabarhub Khabarhub

श्रीलंकाको केन्द्रीय बैंकले अक्टोबरमा घटायो नीतिगत ब्याजदर


१८ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

कोलम्बोश्रीलंकाको केन्द्रीय बैंकको मौद्रिक बोर्डले स्थायी सुविधाअन्तर्गतको  निक्षेप र कर्जाको ब्याजदर घटाउने निर्णय गरेको छ । केन्द्रीय बैंकले बिहीबार एक विज्ञप्ति जारी गर्दै स्थायी निक्षेप सुविधाको ब्याजदर र स्थायी कर्जा सुविधाको ब्याजदर एक सय आधार विन्दुमा क्रमशः १० र ११ प्रतिशतले घटाएको जनाएको छ ।

सेन्ट्रल बैंक अफ श्रीलंकाले बुधबार बसेको मौद्रिक बोर्डको बैठकमा उक्त निर्णय लिइएको उल्लेख गरेको छ ।  मुद्रास्फीतिलाई मध्यकालीन अवधिमा परिकल्पना गरिएको पाँच प्रतिशतको स्तरमा स्थिर बनाउने लक्ष्यसँगै घरेलु अर्थतन्त्रमा कम मुद्रास्फीति बनाउने अपेक्षासहित मौद्रिक बोर्डले वर्तमान र अपेक्षित घटनाक्रमको विश्लेषण गरी यस्तो निर्णय लिएको केन्द्रीय बैंकले जनाएको छ ।

यो निर्णयले अर्थतन्त्रको सम्भावित वृद्धिलाई सक्षम बनाउने अपेक्षा गरिएको छ । यसअघिको मौद्रिक नीतिलाई उल्लेखनीयरूपमा खुकुलो बनाएसँगै नीतिगत ब्याजदरमा गरिएको यो कटौतीले आगामी दिनमा बजार ब्याजदर विशेषगरी कर्जा दरहरूलाई कम गर्न गति प्रदान गर्ने अपेक्षा गरिएको छ । 

मौद्रिक अवस्थाको निरन्तर सहजताको लाभ व्यक्ति र व्यवसायहरूलाई पर्याप्त र द्रुतरूपमा हस्तान्तरण गर्न केन्द्रीय बैंकले वित्तीय क्षेत्रलाई आग्रह गरेको छ ।  

खाद्य तथा गैरखाद्य दुवै मुद्रास्फीतिमा भएको गिरावटका कारण मुद्रास्फीतिको वार्षिक आधारमा कोलम्बो उपभोक्ता मूल्य सूचकाङ्क सेप्टेम्बर महिनामा लक्ष्यभन्दा कम एक दशमलव तीन प्रतिशतले झरेको केन्द्रीय बैंकले जनाएको छ । 

श्रीलंकाले बढ्दो मुद्रास्फीतिको सामना गर्न सन् २०२२ मा उसको ब्याजदरलाई उल्लखनीयरूपमा बढाएको थियो । सन् २०२३ मा उक्त ब्याजदरलाई दुई पटक घटाइएको थियो । 

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहीबार  ६ : १६ बजे

मेयरको घर र महानगर कार्यालय आगजनीमा रास्वपाका कार्यकर्ता, निलम्बनमा दुईजना वडा सभापति

कास्की- पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको घरमा आगजनी र तोडफोडमा

फागुन २१ को निर्वाचनमा भाग लिने कांग्रेसको संकेत

काठमाडौं– भ्रष्टाचार र सरकारी बेथितिविरूद्ध जेन–जी पुस्ता सडकमा उत्रिएपछि उत्पन्न

मधेशी आयोगका सदस्य गुप्ताले दिए राजीनामा

काठमाडौं– मधेशी आयोगका सदस्य विजयकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन्

मानवअधिकार आयोगका सदस्य ढुंगेलले दिए राजीनामा

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगका सदस्य डा. सूर्यप्रसाद ढुंगेलले राजीनामा दिएका

खाद्य कम्पनीको चाडपर्वलक्षित सुपथ पसल सुरु

काठमाडौं– बडादसैँ, तिहार र छठ पर्वका अवसरमा खाद्य व्यवस्था तथा