एनआरएनए मध्यपूर्व उपसंयोजकमा कतारबाट पोखरियाको उम्मेदवारी घोषणा « Khabarhub

एनआरएनए मध्यपूर्व उपसंयोजकमा कतारबाट पोखरियाको उम्मेदवारी घोषणा


१८ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

दोहा– गैरआवासीय नेपाली संघ (एनआरएनए)को मध्यपूर्व उपसंयोजकमा कतारबाट पूर्णबहादुर पोखरियाले उम्मेदवारी  घोषणा गरेका छन् ।

कतारलाई कर्मभूमि बनाएका उनले एनआरएनएको ११औँ अन्तर्राष्ट्रिय महाधिवेशनमा ९२०२३-०२५० कार्यकालको लागि मध्यपूर्व उपसंयोजकमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

सन् २००५ मा कतार प्रवेश गरेर निरन्तर नेपाल र नेपालीहरूको हितमा आफूलाई समर्पित गरिरहेको उल्लेख गर्दै पोखरियाले मध्यपूर्वमा हुने हरेक सामाजिक अभियानहरूमा आफ्नो सहभागिता रहेको र भविष्यमा पनि निरन्तर रहने बताएका छन् ।

उनले भने, ‘मेरो उम्मेदवारीलाई हाम्रो बनाउने पहिलो प्रयास हुनेछ । तपाईँहरूको आवाज, समस्या र प्रगति हाम्रो हुनेछन् । म सम्पूर्ण रुपले तपाईहरुको सहयात्री भएर यात्रा गर्नेछु । यो यात्रालाई सफल बनाउनको लागि तपाईँहरूको अमूल्य मत र सहयोगको अपेक्षा राख्दै मेरो जीतलाई हाम्रो जीत बनाउन स–विनय अनुरोध गर्दछु ।’

लामो समय यस अभियानमा खटिदै यस संस्थाको विधि विधानको पालनमा इमानदार हुँदै सदैव  संस्था प्रति निष्ठावान् रही कार्य निर्वाह गर्ने प्रतिबद्धताका साथमा उनले उम्मेद्वारी घोषणा गरेको बताए ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहीबार  ७ : १७ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका