‘आठ महिनामा एघार हजार अफगानी शरणार्थी स्वदेश फर्किए’ « Khabarhub

‘आठ महिनामा एघार हजार अफगानी शरणार्थी स्वदेश फर्किए’


१८ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काबुल– सन् २०२३ को सेप्टेम्बर १ सम्म १० हजार ९७१ जना अफगानी शरणार्थी स्वदेश फर्केका संयुक्त राष्ट्रसङ्घीय शरणार्थी नियोग (यूएनएचसीआर) ले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा जनाइएको छ ।

तीमध्ये ९६ प्रतिशत पाकिस्तानबाट, तीन प्रतिशत इरानबाट र एक प्रतिशत अन्य मुलुकबाट अफगानिस्तानका विभिन्न राज्यमा फिर्ता आएका र उनीहको गृहनगर वा गाउमा जाने तयारी गरिरहेका युएनएचसीआरले जनाएको छ ।

प्रतिवेदनमा सन् २०२३ मा आन्तरिक रुपमा विस्थापित भएका करिब पाँच हजार १५० व्यक्ति अफगानिस्तानमा रहेको आफ्नो मूल थलोमा फर्केको उल्लेख छ ।

सङ्गठनका अनुसार डिसेम्बर ३१, २०२२ सम्ममा अफगानिस्तानमा द्वन्द्वका कारण अनुमानित ३२ लाख ५० हजार मानिस आन्तरिक रूपमा विस्थापित भएका थिए भने करिब ५२ लाख व्यक्ति छिमेकी मुलुकहरूमा शरणार्थीका रूपमा पुगेका थिए ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहीबार  ७ : २० बजे

सन्दीप बीपीएल खेल्न बंगलादेशमा

काठमाडौं – नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार