विश्वकपमा न्युजिल्यान्डको सुखद सुरुवात, इंग्ल्यान्ड ९ विकेटले पराजित « Khabarhub

विश्वकपमा न्युजिल्यान्डको सुखद सुरुवात, इंग्ल्यान्ड ९ विकेटले पराजित


१८ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – आइसिसी विश्वकप २०२३ को उद्धघाटन खेलमा न्युजिल्यान्डले सानदार जित हात पारेको छ ।न्युजिल्यान्डले साविक विजेता इंग्ल्यान्डमाथि ९ विकेटको जित निकाल्दै विश्वकपमा सुखद सुरुवात गरेको हो ।

पहिलो पटक विश्वकपमा डेब्यु गरेका डेभोन कन्वे र रचिन रविन्द्रले अविजित रहँदै शतक बनाए ।जितको लागि २८३ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले ३६.२ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । न्युजिल्यान्डको जितमा कन्वे १२१ बलमा १९ चौका र ३ छक्कासहित १५२ रनमा अविजित रहे ।

अर्का युवा अलराउन्डर रवीवन्द्र ९६ बलमा ११ चौका र ५ छक्कासहित १२३ रनमा अविजित नै रहे ।
ओपनर विल योङ शून्यमै आउट भएका थिए । इंग्ल्यान्डका साम करनले उनलाई आउट गराएका थिए ।

यसअघि भारतको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले निर्धारित ५० ओभरको खेलमा ९ विकेटको क्षतिमा २८२ रन बनाएको थियो ।

इंग्ल्यान्डका लागि जो रुटले अर्धशतकीय पारी खेल्दै ७७ सर्वाधिक रन बनाए । यस्तै, कप्तान जोस बटलरले ४३, जोनी बेरिस्टोले ३३ र ह्यारी ब्रुकले २५ रन जोडे । न्युजिल्यान्डका म्याट हेनरीले सर्वाधिक ३ विकेट लिए ।

प्रतियोगितामा १० टिमको सहभागिता छ । यसपटक भारतसँगै इङ्ल्यान्ड, न्युजिल्यान्ड, पाकिस्तान,अस्ट्रेलिया, अफगानिस्तान, बंगलादेश, श्रीलंका, दक्षिण अफ्रिका र नेदरल्यान्ड्स छन् ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहीबार  १० : २० बजे

नवनियुक्त सभामुख डोलप्रसाद अर्यालद्वारा शपथ ग्रहण

काठमाडौं– नवनियुक्त सभामुख डोलप्रसाद अर्यालले शपथ ग्रहण गरेका छन् ।  आइतबार

निर्वाचित सभामुख भन्छन्- संविधान र कानुनको पालना गर्छु संसद्को मर्यादा जोगाउँछु

काठमाडौं– प्रतिनिधिसभा नवनिर्वाचित सभामुख डीपी अर्यालले सदनको मर्यादा कायम हुनेगरि

सरकारले डिजेल र पेट्रोल गाडीलाई विद्युतीय बनाउन बाटो खोल्ने

काठमाडौं- सरकारले डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय गाडीमा परिवर्तन गर्नका

उद्यमीबाट सभामुखसम्म – यस्तो छ अर्यालको राजनीतिक यात्रा

काठमाडौं- धादिङको ज्वालामुखी गाउँपालिकामा २०३१ साल भदौ ६ गते जन्मिएका

नयाँ शैक्षिक सत्र आगामी वैशाख १५ देखि सुरु गर्ने सरकारको निर्णय

काठमाडौं- सरकारले आगामी वैशाख १५ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु