राप्रपाका कसैले धार्मिक सद्भाव बिथोलेको भए जिम्मेवारी लिन तयार छौँ : सांसद सिंह « Khabarhub

राप्रपाका कसैले धार्मिक सद्भाव बिथोलेको भए जिम्मेवारी लिन तयार छौँ : सांसद सिंह


१९ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले धार्मिक सद्भाव बिथोल्ने काममा आफ्नो पार्टीका कोही व्यक्ति संलग्न भए सम्पूर्ण जिम्मेवारी लिन तयार रहेको बताएका छन् ।

शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद सिंहले मुलुकमा धार्मिक सद्भाव कायम गर्न आफ्नो पार्टी एकमत रहेको भन्दै कहीँ कतै धार्मिक सद्भाव बिथोल्ने काममा राप्रपाका कोही व्यक्ति संलग्न भए सम्पूर्ण जिम्मेवारी लिन तयार रहेको बताएका हुन् ।

उनले धार्मिक सद्भाव बिथोल्ने काममा पूर्वराजा ज्ञानेन्द्र शाहको संलग्नता भए कारवाही गर्नसमेत सरकारलाई चुनौति दिए । धार्मिक सद्भाव बिथोल्ने काममा पूर्वराजा ज्ञानेन्द्र शाहको संलग्न भए आफूले सांसद पदबाटै राजीनामा दिने उनले बताए ।

उनले विभिन्न प्रकरणमा आफ्नो दोष अरुलाई थोपार्न राजवादीहरुलाई आरोप लगाइएको तर्क गरे ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  ३ : ४० बजे

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज १७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि