गण्डकी प्रदेशसभाका विषयगत समितिले पाए सभापति « Khabarhub

गण्डकी प्रदेशसभाका विषयगत समितिले पाए सभापति


२० आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

गण्डकी – गत साउन ३० गते गठित गण्डकी प्रदेशसभाका विषयगत समितिले सभापतिको टुङ्गो लगाएका छन् । आज चारवटै समितिको नेतृत्वमा एकल उम्मेदवारी परेपछि सभापति निर्विरोध निर्वाचित भएका हुन् ।

प्रदेशसभा सचिवालयका अनुसार सार्वजनिक लेखा समितिको सभापतिमा प्रदेशसभा सदस्य सुधिरकुमार पौडेल, अर्थ तथा विकास समितिको सभापतिमा भोजराज अर्याल, सामाजिक विकास तथा कृषि समितिको सभापतिमा फणिन्द्र देवकोटा र प्रदेश मामिला तथा कानुन समितिको सभापतिमा चम्पादेवी खड्काको उम्मेदवारी परेको थियो ।

पौडेल प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट सभापतिको उम्मेदवार बनेका थिए । अर्याल र खड्कालाई नेपाली कांग्रेसले उम्मेदवार बनाएको हो । नेकपा (माओवादी केन्द्र)ले देवकोटालाई सभापतिमा अघि सारेको थियो । नेपाल समाजवादी पार्टीका देवकोटा माओवादी केन्द्रको चुनाव चिह्नबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रदेशसभा सचिवालयका कानुन अधिकृत कुमार रिजालले आइतबार बस्ने समितिको बैठकबाट सभापति निर्वाचनको प्रक्रियाले औपचारिकता पाउने बताए । “दलहरूको सहमतिमा एकल मनोनयन परेपछि चारवटै समितिका सभापति निर्विरोध निर्वाचित हुनुभएको छ”, उनले भने ।

प्रदेशसभा चुनाव भएको सात महिनापछि ‘मिनी ससंद्’ मानिने विषयगत समिति गत साउन ३० मा गठन भएका थिए । दलहरूबीच समयमै सहमति नजुट्दा सभापति चयनमा पनि झण्डै दुई महिना लागेको हो ।

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  १० : ०९ बजे

ट्याक्टरको ठक्करबाट गुल्मीमा एक जनाको मृत्यु

गुल्मी– ट्याक्टरको ठक्करबाट गुल्मीको मदाने गाउँपालिकाका एक युवाको मृत्यु भएको

जय ट्रफी फाइनल : आर्मीले दिएको २२२ रनको लक्ष्य पछ्याउँदै पुलिस

काठमाडौँ – जय ट्रफी मेन्स एलिट कप क्रिकेटको फाइनल खेल

काठमाडौँ उपत्यकामा आज घोडेजात्रा पर्व मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व

कैलाली भन्सारबाट ५ अर्ब ४० करोड राजस्व सङ्कलन

कैलाली– कैलाली भन्सार कार्यालय धनगढीले आठ महिनाको अवधिमा पाँच अर्ब

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

दाङ– दाङको देखुरीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु